ताजा समाचार

काठमाडौंको गोठाटारबाट बालक अपहरण

काठमाडाैँ १७,असोज ।   काठमाडाैंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । गोठाटारका ८ वर्षीय बालक अपहरणमा परेका हुन् । तेज विनायक विद्यालयमा नजिकैबाट बालक अपहरण भएको एक महिलाले प्रहरीलाई जानकारी दिएकी हुन् ।

बालकको खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडाैंका एसएसपी बसन्त लामाले जानकारी दिए । अपहरणमा परेको बालकको पहिचान खुलेको छैन् ।

तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले बालक लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बालकको खोजी गरिरहेको छ ।

‘प्रत्यक्षदर्शीले बालकलाई पिट्दै गाडीमा हालेर लगेको जानकारी दिएका छन् । प्रहरी टोली घटनास्थल पुगिसकेको छ’, काठमाडाैं प्रहरीका एसपी अशोक सिंहले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org