ताजा समाचार

दिपक, दीपा, केदार र जितुको धमकेदार र्‍याप

चलचित्र प्रचारका लागि ‘छक्का पन्जा ३’ टिमले विभिन्न तरिका अपनाइरहेको छ । अब, यो टिमले चलचित्र प्रचारका लागि र्‍याप गीत नै तयार गरेको छ ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ गीतको म्यूजिकमा तयार भएको गीतमा चलचित्रका मुख्य कलाकार दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र निर्देशक दीपाश्री निरौलाले र्‍याप हानेका छन् । गीतमा स्वर डेविड शंकरको छ । यो गीत र भिडियोले दर्शक तथा श्रोताको ध्यान तान्ने विश्वास यसको निर्माणपक्षको छ ।

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्र असोज २४ गते घटस्थापनाबाट रिलिज हुँदैछ । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org