ताजा समाचार

निर्मलाका निम्ति न्यायः गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा माग्दै सिंहदरबार दक्षिण गेटमा प्रर्दशन(फोटो फिचर)

काठमाडाैँ १८,असोज ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको निम्ति न्याय माग गर्दै आज सिंहदरबार दक्षिणी गेटमा प्रदर्शन गरिएको छ।

उनीहरूले गृहमन्त्रीको राजीनामा माग्दै प्रहरी महानिरीक्षक विदामा बसेर निर्मलाका हत्यारा पत्ता लगाउनुपर्ने नारा लगाइरहेका छन्।साउन ११ गते बलात्कारपछि हत्या गरिएकी पन्तको हत्यारा को हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। यसअघि निर्मलाका बुवाआमाले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकलाई भेटेर छोरीका हत्यारा पत्ता लगाउन आग्रह गरेका थिए। यो घटनाको अनुसन्धानमा सुरूदेखि नै प्रहरीले लापरबाही गरेको कुरा गृहमन्त्री रामबहादुर थापाले नै सार्वजनिक गरेका छन्।

घटनामा संलग्न भनेर प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनए निर्मलाको शरीरबाट लिइएको ‘भेजाइनल स्वाब’सँग नमिलेपछि उनी रिहा भइसकेका छन्। एसपी विष्टसहित तीन जनाको डिएनए रिपोर्ट पनि नकारात्मक आएको छ।मयसैबीच गृहमन्त्री थापाले घटनालाई अनावश्यक राजनीतिकरण भएको बताएका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले हत्यारा पत्ता लाग्न १२ वर्षसम्म लाग्न सक्ने बताएका छन्।

घटना भएको ७० दिन नाघिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादल र आइजिपी सर्वेन्द्र खनालको राजीनामा गरिएको थियो।

विभिन्न पेशा तथा संस्था आबद्ध व्यक्तिहरुले स्वतफूर्तरुपमा  प्रदर्शन गरेका थिए। आइजिपीले आफ्नो पद अनुसारको काम गर्न नसकेको भन्दै उनीहरुले नारा लगाएका थिए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org