ताजा समाचार

सुदूरपश्चिम प्रदेशको १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना

डोटी १८ ,असोज। दशैँ तिहार तथा छठपर्वलाई मध्यनजर गर्दै सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले सुदूरपश्चिम प्रदेशका १२ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

चाडपर्वका बेला यात्रुको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउन नागरिक सहायता कक्ष स्थापना गरेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

सुदूरपश्चिम प्रहरीले डोटीको पिपल्ला, सिलगढी बसपार्कसहित कैलालीको अत्तरिया बसपार्क, धनगढी बसपार्क, लम्कीचुहा बसपार्क कञ्चनपुरको महेन्द्रनगर बसपार्क, डडेल्धुराको बागबजार बसपार्क र स्याउलेमा नागरिक सहायता कक्ष सञ्चालन गरेको जनाएको छ ।

बैतडीको गोठलापानी, अछामको मङ्गलसेन, बझाङको सिमखेत र बाजुराको मार्तडी बसपार्कमा सहायता कक्ष स्थापना गरी सेवा सुरु गरिएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org