ताजा समाचार

नेको इन्सुरेन्सको आयोजनामा “अन्तर बैंक फूटसल प्रतियोगिता ” शनिबारदेखी शुरु

काठमाडाैँ १८,असोज ।  बैंक-बित्तीय संस्थाका कर्मचारीसंग आपसी मित्रता बढाउने उद्देश्यले यहि आश्विन २० गते शनिवारका दिन सामाखुसी फूटसलमा मनोरन्जनात्मक “अन्तर बैंक फूटसल प्रतियोगिता, तेश्रो संस्करण २०७५” को आयोजना  नेको इन्सुरेन्स ली. ले गरेको छ ।

नेपाली समाजमा अझै पनि बीमा वारे ब्यापक जनचेतना नभएको अवस्थामा बीमा वारे प्रचार-प्रसार र बित्तीय संघ सस्था बिच आपसि मित्रता ,सद्भाव बढाउनका लागि  नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
उक्त प्रतियोगितामा विभिन्न बैंकहरु र आयोजक नेको इन्सुरेन्स समेत १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । शनिवार हुने खेलको लागि जानकारी दिने उद्देश्यले कम्पनीले आज आयोजना गरेको कार्यक्रममा प्रतिस्पर्धी टिम र खेल प्रकृयाको वारेमा जानकारी गराइएको थियो ।

स्मरण रहोस् हालै बीमाको सेवा र ब्यवस्थापन सम्बन्धी मूल्यांकनमा नेको इन्सुरेन्सले नेपालको नं. १ बीमा कम्पनीको अवार्ड प्राप्त गर्न सफल भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org