ताजा समाचार

प्रहरीले अवैध घरेलु मदिराको कडाई गरेपछि दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार

काठमाण्डाैँ १९, असोज । प्रहरीले अवैध घरेलु मदिराको ओसारपसारमा कडाई गरेपछि दूध बोक्ने गाडीबाट अवैध घरेलु मदिरा ओसारपसार हुन थालेको छ ।

आज विहान बारा प्रहरीले दूध बोकेको वीरगंज आइरहेको एक गाडीबाट तीन सय लिटर घरेलु मदिरा बरामद गर्नुको साथै तीन जनालाई पक्राउ गरेको बाराकी प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् ।

उनका अनुसार हेटौंडाबाट डिडिसिको दूध लिएर आइरहेको ना ३ त ११७८ नम्बरको ट्रकबाट उक्त मदिरा बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय जितपुरको टोलीले विहान ४ बजे जितपुर बजारमा चेक गर्दा डिडिसीको गाडीबाट मदिरा ओसारपोसार हुने गरेको रहस्य खुलेको थियो ।

बोतल, ग्यालेनमा मदिरा राखी प्लाष्टिकको बोरामा हाली दुधको क्यारेटमाथि मदिरा लिएर गाडी आइरहेको थियो । मदिरा बरामद भएपछि गाडी चालक मकवानपुर,हेटौडा–९ बस्ने राम लामा र मदिरा धनी सोही स्थानका प्रेम अधिकारी र वीरगंजका मदिरा खरिदकर्ता वीरगंज–२ छपकैयाका मुमताज अन्सारीलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरामा पठाएको छ ।

स्रोतका अनुसार दुधको गाडीको चालकले मदिरा धनीहरुबाट प्रति टिप २ हजार भाडामा मदिरा ओसार पसार गर्दै आएका थिए ।

वीरगंजमा तथा सीमा नाकामा अबैध खुल्ला मदिराको माग बढि हुदाँ पर्साको झाबराहा , चोनी, बाराको, जितपुर, सिमरा, पथलैया, अमलेखगंज तथा मकवानपुरको मदिरा अवैध किसिमले ओसारपसार गरी वीरगंज आसपासको बजारमा बिक्री वितराणको लागि ल्याइन्छ ।

सिटिराइड, बस, ट्रक, साइकल, मोटरसाइकलबाट ओसारपसारमा प्रहरीले कडाई गरेपछि र पर्सा, बारामा मदिरा भट्टी नष्ट हुन थालेपछि वीरगंजका व्यवसायीले दुधको गाडीमा मदिरा ल्याउने जुक्ति लगाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org