ताजा समाचार

यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादलाई

काठमाडौं १९ ,असोज । यसवर्षको नोबल शान्ति पुरस्कार डेनिस मुकवेगे र नदिया मुरादले पाएका छन् ।

कंगोमा आइएस लडाकुबाट बलात्कार र अन्य दुर्व्यवहारमा परेका महिला र बालिकाको उपचारमा संलग्न गाइनोक्लोजिस्ट डेनिस र बलात्कारविरोधी अभियन्ता नदियालाई नोबल शान्ति पुरस्कार दिइएको हो ।

उनीहरुले सशस्त्र युद्धमा बलात्कारलाई पनि हतियारको रुपमा प्रयोग गर्ने प्रचलनलाई अन्त्य गर्न निर्वाह गरेको भूमिकाका लागि नोबल शान्ति पुरस्कार दिइएको हो ।

नोबल कमिटीका प्रमुख बेरिट रेसस एन्डरसनले शुक्रबार नोबल पुरस्कार घोषणा गर्दै भने ‘ डेनिस मुकवेगे पीडितको रक्षाका लागि पुरै समर्पित भएका छन् । नदिया मुराद यस्तो साक्षी हुन् जसले आफू र अरुमाथि हुने यौन दुर्व्यवहारविरुद्ध आवाज उठाइन् । उनीहरुको अभियानले युद्धको समयमा यौन दुर्व्यवहारको डरलाग्दो अवस्था रहेको प्रष्ट देखाएको छ ।’

मुकवेगेले आफ्नो युवा उमेरको लामो समय कंगोमा यौन दुर्व्यवहारमा परेकाहरुको उपचार र सहयोगमा बिताएका थिए । उनी र उनको टिमले यस्ता हजारौं पीडितको उपचार गरेको छ । नोबल शान्ति पुरस्कारको राशी करिब १० लाख अमेरिकी डलर रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org