ताजा समाचार

साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालको सुरुवाती अग्रता

काठमाडौं १९, असोज। साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भारतविरुद्ध नेपालले सुरुवाती अग्रता बनाएको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा जारी खेलमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले खेलको १५औं मिनेटमा नै किपरलाई छक्याएर गोल गरेकी थिइन् ।

भारतलाई पराजित गर्दै फाइनलमा पुग्ने लक्ष्यमा नेपाल रहेको छ ।

भारतभन्दा नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल र भारतबीचको विजेताले फाइनलमा उपाधिको लागि आयोजक भुटान र बंगलादेशको विजेतासँग खेल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org