ताजा समाचार

गित- दिन गन्दै बाटो हेर्दै बस्दै होलिन् उनी

               गित

                             -केदार पनेरु

आफ्नै हातले खन्दैथिएँ जिन्दगीको बाटो
खै कसरी छोडी आएँ स्वदेशको माटो

निचोरिन्छ मुटु आज पराईको गाउँमा
निसासिन्छ सास मेरो निर्दयी यो ठाउँमा
स्वर्ग जस्तो भूमि थियो पातालतिर झरेँ
अांखाबाट भेल बग्यो त्यही भेलमा परेँ

दिन गन्दै बाटो हेर्दै बस्दै होलिन् उनी
वरपिपलझैँ बस्न नपाई बित्न लाग्यो जुनी
यता टाल्यो उता फुट्छ मनको बाँध आज
कैल्ये होला बस्ने अब आफन्तको माझ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org