ताजा समाचार

टी-२० वर्ल्डकप एसिया क्वालिफायर : नेपालले आज थाइल्याण्ड्सँग खेल्दै

काठमाडाैँ २१,असोज । मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज थाइल्याण्डसँग खेल्दैछ।

क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन्। ३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलकबाट अंक तालिकामा शीर्ष स्थानमा छ। लगातार दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ।

थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो। यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरिसकेको छ।

नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो नेपाली समयअनुसार १२:१५ बजे क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ। नेपालले यसअघिका दुवै खेल सोही मैदानमा खेलेको थियो।

नेपालले मंगलबार भुटानसँग चौथो खेल खेल्नेछ भने बुधवार चीनसँग पाँचौ र शुक्रवार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ।

एसियाका पूर्वी क्षेत्रका ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको समूह बी बाट शीर्ष तीन स्थानमा रहने टोली एसियाकै दोस्रो चरणको क्वालिफायरमा प्रवेश गर्नेछ।

जहाँ एसियाका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्। ग्लोबल क्वालिफायरमा कूल १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट ६ टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपमा छनोट हुनेछन्।

आइसीसीको शीर्ष १० वरीयतामा रहने १० राष्ट्र भने स्वत छनोट हुनेछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org