पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि, अब मासिक २४ हजार ३ सय ७५ रुपैयाँ
काठमाडौं २१,असोज । सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । वरिष्ठ पत्रकार तथा लेखक स्तम्भकार भण्डारीलाई आइतवारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो ।
बैठकले यसअघिका अध्यक्ष गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी भण्डारीलाई कार्यकारी अधिकार थपेर अध्यक्ष नियुक्त गरेको हो । मन्त्रिपरिषद बैठकले गोरखापत्रका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायसँग ३ दिने स्पष्टिकरण समेत मागेको छ ।
कागज खरिदमा अनियमितता गरेको भनेर छानविन चलिरहेका बेला उपाध्यायले सरकार विरुद्ध अदालतमा अपहेलना मुद्दा दायर गरेका थिए । तर सर्वोच्च अदालतले उनको रिट खारेज गरेपछि सरकारले ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए । यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने भएको छ ।
यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए । अनलाइन सञ्चारमाध्यमले भने आफू राष्ट्रिय, प्रादेशिक वा स्थानीय कुन स्तरको सञ्चार संस्था हो भन्ने स्वघोषणा गर्नुपर्ने सरकारले जनाएको छ । सोही अनुसार ती संस्थामा पारिश्रमिक लागु हुनेछ ।
Comments
अरु समाचार
-
आफ्ताब आलमलाई जन्मकैदको फैसला
रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार हुन्: विष्णु पौडेल
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृवको सरकारको स्थायित्वबारे बजारमा चलाइएका हल्लाका पछि नलाग्न आग्रह...
-
अर्थमन्त्रीले पुनले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरू...
-
उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने
काठमाडौं । यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगको कार्यतालिमा गएराति...
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा एक रात्रिभोजको...
-
निर्धारित समयभन्दा अगाडि नै कतारी राजा काठमाडौं आइपुगे
काठमाडौं । निर्धारित समयभन्दा एक घण्टा अगाडि नै कतारी राजा अमिर शेख तमीम बिन हमद अल थानी काठमाडौं आइपुगेका छन्...
-
नेकपा एसद्वारा स्थायी कमिटी बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २६ गते स्थायी कमिटीको बैठक आह्वान गरेको छ ।महाधिवेशनको तयारी, पार्टी...
-
आज १८ औँ लोकतन्त्र दिवस,उपलब्धि हुँदाहुँदै पनि केही विकृत्ति
काठमाण्डौ । आज १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत...