ताजा समाचार

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई शताब्दी वर्षगाँठको अवसरमा सम्मान

काठमाण्डाै २१, असोज ।  राष्ट्रकवि माधवप्रसाद घिमिरेको शताब्दी वर्षगाँठको अवसरमा काठमाडौंमा सम्मान गरिएको छ।

राष्ट्रकवि घिमिरेलाई आइतबार बग्गीमा राखेर सहर परिक्रमा गरी सम्मान गरिएको हो।

समाभिनन्दन समारोह समिति एवम मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले सो कार्यक्रम आयोजना गरेको हो।

प्रज्ञा भवन, बाग बजार, रत्नपार्क जमल हुँदै फेरि कमलादी परिक्रमा गराइएको हो।

वि.सं. १९७६ साल असोज ७ गते लम्जुङको पुस्तुनमा जन्मिएका घिमिरेको यही असोज ७ गते राष्ट्रप्रमुखकै उपस्थितिमा भव्यरूपले जन्मदिन मनाइएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org