ताजा समाचार

हराइरहेका इन्टरपोलका प्रमुख चीनको कब्जामा

एजेन्सि । केही दिनदेखि हराइरहेका इन्टरपोलका प्रमुख मेंग होंगवेई चीनको कब्जामा छन् । चीनले यसबारे पुष्टि गरेको छ ।

होंगवेईले चीनका केही कानूनको उल्लंघन गरेको भन्दै सोधपुछका लागि रोकिएको जानकारी दिइएको छ ।

होंगवेई फ्रान्सको लियोन शहरबाट हराइरहेका थिए जहाँ इन्टरपोलको मुख्यालय छ ।

यसै वर्ष सेप्टेम्बर २५ मा इन्टरपोलको मुख्यालयबाट निस्किएपछि होंगवेई हराइरहेका थिए ।

उनकी श्रीमती ग्रेस मेंगले होंगवेईको ज्यान खतरामा भएको आशंका जताएकी थिइन् ।

इन्टरपोल संसारभरीको पुलिस संस्थाको संगठन हो जसको नेतृत्व मेंग होंगवेईको हातमा छ ।

मेंग होंगवेई चीनको जन सुरक्षा विभागका उपमन्त्री भइसकेका छन् र चीनका पहिलो यस्तो नागरिक हुन् जसलाई दुई वर्ष अघि इन्टरपोलको प्रमुखको पदका लागि चुनिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org