ताजा समाचार

‘द कपिल शर्मा शो’ फेरि सुरु हुँदै, कहिले हेर्न पाइने ?

एजेन्सि । चर्चित टेलिभिजन शो ‘द कपिल शर्मा शो’ फेरि एकपटक सुरु हुँदैछ । यो पटकको शोमा पनि चर्चित कमेडियन कपिल शर्मा कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ । केही समय अघिदेखि गायब भएका कमेडियन शर्मा फेरी दर्शकमाझ फर्कने चर्चा हुँदै आएको थियो ।

कपिल शर्माले ट्वीटमार्फत उनको सुपरहिट शो ‘द कपिल शर्मा शो’ लिएर फर्कन लागेको जानकारी दिएका छन् । उनले लेखेका छन् ‘छिट्टै फर्कदै छु ‘द कपिल शर्मा शो’ लिएर । केबल तपाईंहरुका लागि सोनी टीभीमा ।’

साथै अहिले उनी पञ्जाबी फिल्म ‘सन अफ मन्जीत’ को प्रमोशनमा लागेका छन् । यस फिल्मको प्रमोशनको कार्यक्रममा समेत कपिलले भनेका छन् ‘हामी सोनी टिभिका साथ योजना बनाइरहेका छौं । यो शो दिपावलीको अवसरमा सुरु हुनेछ ।’

कपिल शर्माले टेलिभिजनमार्फत दर्शक माझ फर्किरहेको जानकारी दिएसँगै सामाजिक सञ्जालमा दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । तर उनको यस शोमा कुन–कुन कलाकारहरु हुनेछन् भन्ने कुराको खुलासा भने हुन बाँकी नै छ ।

‘द कपिल शर्मा शो’ का चर्चित पात्र ‘गुत्थी’ अर्थात सुनील ग्रोवरले आफू अहिले फिल्ममा व्यस्त रहेकाले केही भन्न नसक्ने जवाफ दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org