बुढीगण्डकी स्वदेशी पूँजीमै बनाउन र निजगढमा रुख नकाटन सरकारलाई कांग्रेसको आग्रह
काठमाडौं २२, असोज। नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी पूँजीमै बनाउन आग्रह गरेको छ । आइतबार राति अबेर सकिएको बैठकले उक्त आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कांग्रेसले उक्त निर्णय आपत्तिजनक भएको बताएको छ ।
‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई नेपाली कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ’ कांग्रेसको निर्णयमा भनिएको छ ।
कुनै विधि प्रक्रिया नपुर्याई विना प्रतिस्पर्धा गलत मनसायले गेजुवालाई दिइएको भन्दै कांग्रेसले यो कदम राष्ट्रहित विपरीत भएको बताएको छ । ‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । तर कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस बैठकको निर्णयमा भनिएको छ ।
सरकारको निर्णयले बुढीगण्डकी निर्माणको भविष्यलाई अनिश्चित बनाएको भन्दै कांग्रेसले विगतमा अध्ययन समितिले गरेको प्रतिवेदनको आधारमा स्वदेशी पूँजीमै बनाउन माग गरेको छ । ‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ’ निर्णयमा भनिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना स्वदेशी पूँजीमै बनाउने विषयमा अध्ययन गर्न योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा एक समिति बनाएको थियो । उक्त समितिले सरकारले मुआब्जा र पुनर्बासका लागि आवश्यक रकम अनुदान दिने र स्वदेशका विभिन्न निकायको रकममा आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।
नेपाली कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरुको विमति रहेको बताएको छ ।
‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमति छ । आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन नेपाली कांग्रेस सरकारलाई अपील गर्दछ’ कांग्रेसको निर्णयमा भनिएको छ ।
त्यस्तै कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा नराख्न पनि सरकारलाई आग्रह गरेको छ । भौतिक पूर्वाधार नभएको, वातावरणीय दृष्टिले नमिल्दो ठाउँमा रहेको भन्दै कांग्रेसले राजधानी तोक्ने निर्णयमा पुनर्विचार गर्न माग गरेकोछ ।
‘यस निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्थामा छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ’ कांग्रेसको निर्णयमा भनिएको छ ‘ …तसर्थ, उक्त राजधानी गोदावरी न.पा. २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनर्विचार गर्नुपर्दछ ।’
नेपाल वायुसेवा निगमको वाइड वडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरु सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा गहिराईपूर्वक छानविन गरी यथार्थ जानकारी गराउन माग गरेको छ ।
Comments
अरु समाचार
-
लगानीमैत्री वातावरण बनाउन राजनीतिक सहमतिमा आधारमा अध्यादेश ल्याइएको होः अर्थमन्त्री पुन
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।...
-
इजरायलमा पाँच महिनासम्म मर्मतमा राखिएको निगमको जहाज सोमबार काठमाडौँमा अवतरण हुँदै
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।...
-
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः प्रमुख कार्यकारी अधिकृत भट्ट
काठमाडौँ । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ। आउँदो आइतबार...
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...
-
नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्। बुधबार...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...