ताजा समाचार

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता

काठमाडौं २२,असोज । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पोखरा प्रिमियर लिग (पीपीएल) लाई प्रतियोगिता सञ्चालनको लागि अनुमति दिएको छ ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले मान्यता दिएको जानकारी दिएको हो । आईसीसीले मान्यता दिएसँगै अब पीपीएलमा प्रत्येक टिमले विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भएका छन् ।

आयोजकले पठाएको सबै कागजातको अध्ययनपछि आईसीसीले पीपीएललाई मान्यता दिएको हो । आईसीसीले तोकेको २० हजार अमेरिकी डलर आयोजकले तिरेको छ ।

सर्वाधिक पुरस्कार राशीको पीपीएल कात्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा हुदैछ ।

लिगमा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् । खेलाडी मार्की प्लेयरदेखि खेलाडी अक्सनसमेत सकिसकेको छ । प्रत्येक टिमले विदेशी खेलाडी ल्याउने प्रक्रिया चलिरहेको छ ।

पोखरा प्रिमियर लिगको लागि तयारी तिब्र गतिमा भइरहेको क्वीन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।
उनले भने ‘तयारी तिब्र भइरहेको छ । दशैं अगाडि नै अस्थायी सबै प्याराफिट निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org