ताजा समाचार

मेस्सी, रोनाल्डो, सलाह, बेल बालोन डि’ओर अवार्डमा मनोनयन

काठमाडौं २३,असोज । यस वर्षको बालोन डि’ओर अवार्डको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ ।

फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको प्रारम्भिक ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो । मनोनयनमा सबैभन्दा बढी खेलाडी रियल मड्रिडको परेको छ । स्पेनिस क्लब रियल मड्रिडबाट मात्रै ८ खेलाडी मनोनयनमा परेका छन् ।

रियल मड्रिडबाट ग्यारेथ बेल, करिम बेन्जेमा, थिवाउट कोर्टुवा, इस्को, सर्जियो रामोस, मार्सेलो, लुका मोड्रिच र राफेल भरान मनोनयनमा परेका छन् ।

त्यस्तै, इंग्लिस क्लब लिभरपुलबाट ४ खेलाडी प्रारम्भिक मनोनयनमा छन् । लिभरपुलबाट एलिसन बेकर, रोबर्टाे फिर्मिनो, साडियो माने र मोहम्मद सलाह मनोनयनमा परेका छन् ।

त्यस्तै, बार्सिलोनाबाट लियोनेल मेस्सी, लुइस स्वारेज र इभान राकिटिक मनोनयनमा परेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभानी रहेका छन् । त्यस्तै, एथ्लेटिको मड्रिडबाट डिएगो गोडिन, एन्टोइनी ग्रिजम्यान र जान ओब्लाक रहेका छन् ।

चेल्सीबाट इडेन हाजार्ड र एन्गोलो कान्टे मनोनयनमा पर्दा, म्यान्चेस्टरसिटीबाट भने सर्जियो अगुएरो र केभिन डि ब्रुएन मनोनयनमा पर्न सफल भएका छन् । त्यस्तै, युभेन्टसबाट क्रिस्टियानो रोनाल्डो र मारियो म्यान्जुकिच मनोनयनमा पर्न सफल भएका छन् । यता टोटनह्यामबाट ह्यारी केन र ह्युगो लोरिस मनोनयनमा परेका छन् । म्यानचेस्टर युनाइटेडबाट भने पाउल पोग्बा मनोनयनमा पर्न सफल भएका छन् ।

सन् १९५६ देखि बर्षको उत्कृष्ट फुटबलरलाई यो अवार्ड प्रदान गरिदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org