ताजा समाचार

पहिलो ओभरमै भुटानलाई दोस्रो झड्का, ललितले लिए विकेट !

काठमाडाैँ २३,असोज ।  मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले दिएको १५१ रनमो विजयी लक्ष्य पछ्याउने क्रमममा भुटानले पहिलो ओभरमै २ विकेट गुमाएको छ ।

ती दुवै विकेट ललितनारायाण् राजवंशीले लिएका हुन् । उनले दोस्रो र तेस्रो बलमा विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले द्धार विकेट गुमाउँदै १५० रन बनाएको थियो । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।

अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org