ताजा समाचार

चितुवाको ४ थान छालासहित चार जना पक्राउ

काठमाडौं २३,असोज । चितुवाको छालासहित काठमाडौंको नागढुंगाबाट चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्याङ्जाका सोमराज श्रेष्ठ, कपिलवस्तुका राजन थापा, गोखारका सलिम मिया र अर्घाखाँचीका मानबहादुर नेपाली रहेका छन् ।

कपिलवस्तुको सालझण्डीबाट लु. १ च ५०७२ नम्बरको गाडीमा आएका अभियुक्तहरुको साथबाट ४ ओटा ठुलो चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए ।

‘सालझण्डीबाट बिक्रीको लागि बाघको छाला काठमाडौं ल्याएको खुल्न आएको छ’ डिएसपी बोगटीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

निजी गाडीमा बाघको छाला बोकेर हिँडेका उनिहरु मध्ये कपिलवस्तुका राजन थापाले गाडी चलाएर आएको बताइएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org