ताजा समाचार

नेकपामा कसिएको आन्तरिक विबादको गाँठो फुकाउन अध्यक्ष प्रचण्ड र नेता नेपाल बिच भेटवार्ता

काठमाण्डाैं २३, असोज ।  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

वरिष्ठ नेता नेपालले पार्टीले पछिल्लो समयमा गरेका केही निर्णयप्रति असन्तुष्टि सार्वजनिक गर्न थालेपछि अध्यक्ष प्रचण्डकै पहलमा आज भेटवार्ता भएको हो ।

ललितपुरस्थित नेकपाका नेता कृष्णलाल महर्जनको निवासमा भएको भेटवार्तामा दुई नेताबीच पार्टीभित्रका समस्या, सरकारले गरेका कामलगायतका विषयमा छलफल भएको बताइएको छ ।

अध्यक्ष दाहालसँगको भेटवार्तामा वरिष्ठ नेता नेपालले पार्टी सञ्चालन पद्धतिमा सुधार गर्नुपर्ने अवस्था देखिएको औल्याएका थिए । साथै उनले सरकारले पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।

उनले पार्टी एकीकरण प्रक्रिया अझै टुंगि नसकेको अवस्थामा सबै कार्यकर्ताको भावनालाई बुझेर मात्र नेतृत्वले निर्णय गर्नुपर्नेमा जथाभावी निर्णय हुन थालेको भन्दै असन्तुष्टि जनाएका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले पार्टीभित्रका आन्तरिक विवादलाई छलफलबाटै टुंगो लगाइने बताएका थिए । उनले पार्टीको सचिवालय बैठकमै सबै विषयमा छलफल गरेर विवाद टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org