ताजा समाचार

कैलालीमा ट्याक्टर दुर्घटना २ जनाको मृत्यु , दुई जना घाइते

कैलाली२३, असोज। कैलालीको बर्दगोरिया गाउँपालिका २ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

वर्दगोरिया गाउँपालिका २ फले विसौलाको लालमटियाबाट ढुंगा बोकेर बौनिया बजार तर्फ आउँदै गरेकेा से १ त ३९६९ नम्बरको ट्रयाक्टर पल्टेर च्यापिदा चालक बर्दगोरिया १ का ४० बर्षका डागु चौधरी र सोही ठाउँका सहचालक ३० बर्षका सुरज कठरियाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा स्थानीय भीम कठरिया घाइते भएको र उनको वर्दगोरिया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org