ताजा समाचार

वामदेबको प्रतिष्पर्धी कांग्रेस प्रबक्ता शर्मा हुने निश्चित

काठमाडाैं २४,असोज । वामदेव गाैतमको सांसद बन्ने सपना त्यति सजिलो नहुने निश्चित भएको छ ।

सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गाैतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् । नेकपामा नेताहरुले भने कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गर्दै आएका छन् ।

प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा उठाउने तयारी थालेपछि नेकपामा सनसनी फैलिएको छ । तर, नेता गाैतमले शर्मालाई फोन गरेरै आफूलाई सहयोग गरिदिन अपिल गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org