ताजा समाचार

राष्ट्रिय परिक्षा बोर्डको लापरबाहिको पराकाष्ट, नतिजा अप्रत्याशित आएपछी विद्यार्थीको रुवाबासी

काठमाडाैँ २४,असोज । राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै  देशका मुख्य शहर विराटनगर, पोखराका लगायतका रास्ट्रिय परिक्षा बोर्डका कार्यालयमा प्रर्दशन सहित विरोध गरेका छन् ।  विद्यार्थीहरुले आफुहरुले परिक्षामा राम्रो गरेपनि बोर्डको लापरबाहीका कारण नतिजा अप्रत्याशित आएको जनाएका छन् ।

नेपालका मुख्य शैक्षिक हबको रुपमा परिचित शहर बिराटनगर,पोखरा  आसपासका विद्यालयहरुका विद्यार्थीको नतिजा गलत आएको र राष्ट्रिय परिक्षा बोर्डले चरम लापरबाही गरेको भन्दै राष्ट्रिय परिक्षा बोर्डको कार्यालयमा प्रर्दशन सहित विरोध गरेका छन् ।

राष्ट्रिय परिक्षा बोर्डको चरम लापरबाहीको कारण बिद्यार्थिको जिवनमै खेलवाड भएको भन्दै बिद्यार्थि, अभिभावक,बिद्यालयले आन्दोलनको तयारि गरेका छन । नेपालीको महान चाड दशैं नजिकि सकेको ले दशैं लगतै  प्रधानमन्त्रीलाई  डेलीकेसन ,राष्ट्रिय परिक्षा बोर्ड कार्यालय घेराउ गर्ने संघर्षका कार्यक्रमहरु को तयारि गरिएको विराटनगरका एक बिद्यालयका प्रिन्सिपलले न्युज-नेपाललाई जानकारी दिए ।

उनिहरुले आफुहरुको उत्तरपुस्तिका पुनः परिक्षणको माग गरेका छन् । उनिहरुले आफ्नो माग पुरा गर्न २ दिनको अल्टिमेटम दिएका छन् । विद्यार्थीहरुले बोर्डले विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको, मानशिक तनाव दिएकोले यसको क्षतिपुर्तीको माग पनि गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org