ताजा समाचार

अख्तियारका आयुक्त पाठकको मान्छे हुँ भन्दै पैसा बार्गेनिङ गर्ने सह-न्यायधिवक्ता थापा पक्राउ

काठमाडाैँ २४,असोज । कार्यालयमै सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा कास्की जिल्लाका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा पक्राउ परेका छन्।

सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापा अख्तियारका आयुक्त राजनारायण पाठकका निकतम भएको भन्दै बेलाबेला रवाब देखाउदै पैसाको बार्गेनिङ गर्दै  आएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले बुधबार बिहान उनलाई सरकारी वकिलको कार्यालयबाटै पक्राउ गरेको हो।

अख्तियारका क्षेत्रीय प्रवक्ता रमेश ढकालका अनुसार उनलाई पाँच लाख रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। ‘कार्यालयमै घुस लिने गरेको सूचनाका आधारमा टोली पुग्दा पाँच लाख नगदसहित पक्राउ गरिएको हो,’ ढकालले  भने।

थापा कार्यालय समयभन्दा निकै चाँडै कार्यालय पुगेका थिए। उनी शंकास्पद तरिकाले कार्यालय गएको बेला अख्तियारको टोली पछि लागेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org