ताजा समाचार

कांग्रेसको केन्द्रीय कार्य समिति बैठक स्थगित

२४ असोज,काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई नेता कृष्णप्रसाद सिटौलाले अपि्रय स्थितिको सामना गर्न तयार हुन चेतावनी दिएपछि बिहीबारको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ ।

सिटौलासहित केही नेताले बैठक बहिस्कार गर्ने जानकारी यसअघिनै दिइसकेका थिए ।

स्रोतका अनुसार सभापति देउवा र सिटौलाबीच पनि कुरा भएको थियो । सिटौलालाई बैठकमा भाग लिन र बहिस्कार नगर्न महामन्त्री पूर्णबहादुर खड्काले औपचारिक रुपमै आग्रह गरेका थ

तर सिटौलाले बहुमतको आडमा बैठक राखेर निर्णय गर्ने मूर्खता नदेखाउन खड्कामार्फत देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।

पैलेरै जाने नीति पार्टी नेतृत्वले राखेमा समाप्तिको दिशामा जाने भन्दै सिटौलाले लोकतन्त्रमा तानाशाही नचल्ने देउवालाई बताएको उनी निकट स्रोतले बतायो ।

प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीलगायतका नेताले पनि बैठक बहिस्कार गर्ने भएपछि संस्थापन पक्ष दबाबमा परेको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org