ताजा समाचार

‘किंग्स लाउञ्ज’ फूटसल टुर्नामेन्ट २०१८ सम्पन्न

काठमाडाैँ २४,असोज ।  बिलाश राई मेमोरियल फुटसल टुर्नामेन्ट  टेकपल फाइभ समुहको आयोजित यस टुर्नामेन्टको प्रायोजन दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जले गरेको छ ।

टेकपल फाइभ समुहले हरेक बर्ष बिजया दशमिको आयोजना गर्दै आएको यस आयोजना यस देखि टेकपल फाइभ समुहका संस्थापक सदस्य बरिष्ठ पत्रकार  बिलाश राईको स्मृतीमा आयोजना गरिएको हो । यस टेकपल फाइभ समुहमा विभिन्न पेशा व्यबसायीहरुको साझा जमघट लागि स्थापना गरिएको समुह हो ।

यस समुहले बिगत ५ बर्ष देखि हरेक बर्ष बिजया दशमिको अबसरमा फुटसल आयोजना गर्दै आएको छ । यस टेकपल फाइभ समुहले नेपाली को महान चाड वडा दशैं तथा दिपावलीको शुभकामना आदान-प्रदान,नेपाली सस्कृतिको संरक्षण,स्वस्थ जीवनको लागि खेलकुद को माध्यमबाट आपसि मित्रता भातृत्व ,सद्भाब कायम गर्ने उद्देश्यले यस टुर्डामेन्टको  आयोजना गरिएको  यस कार्यक्रमका प्रायोजक ‘किंग्स लाउञ्ज’का सञ्चालक कुमार गुरुङ्गले जानकारी दिए।

यस टुर्डामेन्टमा टेकपल फाइभ समुहकै ६ टिमले सहभागि छन ।

……र यो पनि पढ्नुहोस्

दशैंको पूर्वसन्ध्यामा दरबारमार्ग किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org