ताजा समाचार

ने क पाले सिट गुमाउने गरि निर्वाचन हुँदैनः अध्यक्ष दाहाल

काठमाडौं २५,असोज । ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं ७ नम्बर क्षेत्रमा आफ्नो पार्टीले सिट गुमाउने गरि निर्वाचन नहुने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “काठमाडौं ७ नम्बर क्षेत्रमा ने क पाले सिट गुमाउने गरि निर्वाचन हुँदैन ।”

“विहान प्रधानमन्त्री र मेरो छलफल भयो । यस विषयमा लामै छलफल भएको छ त्यहाँ हारिने कुरा आऐकोमा हामी गम्भीर छौँ,” दाहालले अगाडि भने, “म यति भन्न सक्छु, नेकपाले सिट गुमाउने गरि त्यहा चुनान हुँदैन ।”

काठमाडौं ७ बाट ने क पाका सांसद रामवीर मानन्धरले नेता वामदेव गौतमलाई छोड्दिने निर्णय गरेपछि अध्यक्ष दाहालको यस्तो धारणा सार्वजनिक भएको हो । उनले सरकारको कामको  पनि गम्भीर समीक्षा भइरहेको र निराश हुनु नपर्ने भन्दै छिट्टै सरकारले जनपक्षीय निर्णय गर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org