ताजा समाचार

कर्णाली समृद्धिको आधार शान्ति सुरक्षा : मुख्यमन्त्री शाही

सुर्खेत २५,असोज । कर्णाली  प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको सुरक्षा निकायलाई अब्बल बनाइने बताएका छन् ।

६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्न र अब्बल बनाउन सके प्रदेशको समृद्धिमा टेवा पुग्ने बताए ।

उनले हरेक देशको समृद्धिमा शान्ति सुरक्षा पहिलो आधार हुने गरेको बताउँदै कर्णालीको समृद्धिका लागि पनि प्रदेशमा शान्ति र अमनचयन पहिलो आधारको रुपमा समाजमा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरीलाई चुनौती हुने बताए ।

‘आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरीलाई साधनस्रोत अभाव भएकाले आवश्यक साधनस्रोतको उपलब्धताका लागि प्रदेश सरकारले सहयोग गर्नेछ,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुरक्षा निकायलाई अब्बल बनाउने योजना राख्ने हामीले निर्णय गरिसकेका छौं । विकटमा प्रहरी बस्ने चौकीहरू नै कमजोर र जीर्ण छन्, केही प्रहरी चौकी निर्माणका लागि हामीले बजेट पनि छुट्याएका छौं ।’

मुख्यमन्त्री शाहीले समाज रुपान्तरणको आवश्यकता रहेको बताए । ‘हाम्रो समाज गलत दिशामा हिँड्न थालेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘समाजमा मदिरा सेवनका कारण हुने विभिन्न घटना, चोरी, डकैती, बलात्कार जस्ता घटना न्यूनीकरण गर्न प्रहरी संगठनलाई चुनौती हो ।’

आपराधिक क्रियाकलाप बन्द गर्न प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न उनले आग्रह गरे । विगतका हरेक आन्दोलन तथा युद्धमा सामान्य हतियारको सहयोगमा नेपाल प्रहरीले उच्च मनोबलका साथ भूमिका निर्वाह गरेको बताउँदै मुख्यमन्त्री शाहीले अबका दिनमा पनि निरन्तर उच्च मनोवल कायम राख्न आग्रह गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org