ताजा समाचार

वाइन चोरेको आरोप स्वीकार गर्न बाध्य पारिएपछि आत्महत्या

काठमाण्डैाँ २५ अशोज ।   वासिङटन गोल्डम्यान सचका पूर्व सीईओ डेभिड सोलोमनका पीएले आत्महत्या गरेका छन् । उनले आफ्ना पूर्व हाकिमको १० लाख डलर भन्दा बढी डलरको दुर्लभ वाइन चोरेको आरोप स्वीकार गर्न बाध्य पारिएपछि आत्महत्या गरेका हुन् ।
४१ वर्षिय निकोलास डी मेयरले कार्लिले होटको ३३ औ तलाबाट हामफालेर आत्महत्या गरेको न्यूयोर्कको सिटी प्रहरीे जनाएको छ ।
मेयरले २००८ देखि २०१६ को नोभेम्बरसम्म सोलोमनका लागि काम गरेका थिए । उनीमाथि सयौ बोतल वाइन चोरेको आरोप लागेको थियो । यसमा विश्वमै दुर्लभ सर्वाधिक महँगो मानिएको ७ वटा भिन्टेज पनि समावेश छ । चोरी भएका वाइनको मूल्यन कुलमा १२ लाख डलर पर्छ । डि मेयरमाथि उक्त चोरी गरिएको वाइन पुनः बिक्री गरेको आरोप समेत लागेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org