ताजा समाचार

वामदेवको सांसद बन्ने सपना तुहिएपछि, एकाएक चर्किए प्रचण्ड र ओली बिरुद्व

काठमाडौं २५,असोज। बर्दियाबाट काँग्रेससँग हारेका नेकपाका नेता वामदेव गौतम यतिबेला चर्चाका पात्र बनेका छन् । उनले सांसद बन्नका लागि करिब १ दर्जन बढी प्रयासहरु गरे ।

धेरै जसो प्रयासहरु असफल भएपनि उनले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरको मन जित्न सफल भए ।

वामदेव र रामवीरको सल्लाहपछि रामवीरले आफ्नो सांसद पद छाड्ने समेत पत्रकार सम्मेलनमार्फन् जानकारी गराइसकेका थिए ।

रामवीरले राजीनामा दिएसँगै उनको निर्वाचन क्षेत्र नम्बर ७ काठमाडौंमा उपनिर्वाचन गराएर वामदेव सांसदका लागि उम्मेदवार बन्ने निश्चित भइसकेको थियो ।

तर, त्यस क्षेत्रका मतदाता, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा वामदेवको सांसद सपना र रावमवीरको राजीनामाको विषयका निकै आलोचना हुने गरेको छ ।

वामदेवको आलोचना भएपछि उनले आफ्नै पार्टीका कार्यकर्ताहरुले आफ्नो विरोध गरेका बताएका छन् । उनले बर्दियामा जुन समुह आफुलाई हराउन उद्यत थियो, त्यही समुह काठमाडौंमा पनि सक्रिय भएको बताएका छन् ।

बर्दिया क्षेत्र नम्बर १ मा काँग्रेसका सञ्जय गौतमसँगको प्रतिस्पर्धामा ओली गुटका कार्यकर्ताहरु वामदेवको विपक्षमा रहेका थिए । जसको परिणाम वामदेव हारेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org