ताजा समाचार

जनताको अपेक्षा र विश्वासलाई फरक पर्न दिन्नःप्रधानमन्त्री

मनाङ पुगेर प्रधानमन्त्रीले भने, ‘भ्रष्टचारीको मुख र पद केही हेर्दिनँ’

मनाङ  २५  असोज। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफूमाथि गरेको विश्वासलाई तलमाथि पर्न नदिने बताएका छन् । उनले मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङ स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताको अपेक्षा र विश्वासलाई फरक पर्न नदिने बताएका हुन् ।

 

‘देशले म सँग विकासको अपेक्षा गरेको छ । शुसासनको अपेक्षा गरेको छ । भष्ट्राचार नियन्त्रणको अपेक्षा गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘जनताको यी विश्वास र अपेक्षालाई तलमाथि पर्न दिन्न ।’

प्रधानमन्त्री ओलीले भष्ट्राचार नियन्त्रणका कदम दृढताका साथ थप प्रभावकारी ढंगले अघि बढाइने बताए । भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिँदै उनले भने, ‘भ्रष्टचारीको मुख हेरिँदैन र पद केही हेरिँदैन । जुनसुकै तहको भएपनि कारबाही हुन्छ । यसमा सबै ढुक्क हुनुहोस ।’

उनले उर्भर भूमि र स्रोत साधन प्रयोग गरेर देशलाई समृद्ध बनाएरै छाड्ने विश्वास व्यक्त गरे । ओलीले देश सम्वृद्ध र सुखी नेपाली बनाउन धेरै समय नलाग्ने बताए ।

‘अहिलेको सरकार जनताको सरकार हो । यसले जनताका निम्ति काम गर्छ, यहाँहरु ढुक्क रहनुहोस’, प्रधानमन्त्री ओलीले भने । विकास गर्ने संकल्प लिएर अघि बढ्दा कुनै अभाव नहुने उनले बताए । उनले विकास गरेरै देशलाई धनी बनाउन सकिने बताए ।

प्रधानमन्त्री ओलीले कृषिमा व्यवसायिक र आधुनिकीकरण गरेर समृद्धिको यात्रा अघि बढाउन सकिने बताए । कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न सकेमा आयात प्रतिस्थापन गरि निर्यातलाई प्रवद्र्धन गर्न सकिने बताए । मनाङ एग्रो फार्मले आयात प्रतिस्थापन र निर्यात व्यबस्थान गर्ने दिशाको सुरुवात गरेको उनले बताए ।

कृषिमन्त्री चक्रपाणि खनाललाई सँगै लिएर आएका ओलीले चालु आर्थिक वर्षमा देशका ४ जिल्लामा एक लाख उन्नत प्रजातिका स्याउका विरुवा वितरण गर्न लागिएको बताए ।

उनले मनाङसहित मुस्ताङ, जुम्ला र कालिकोटमा २५/२५ हजार विरुवा वितरण गरिन लागिएको बताए । विदेशबाट विरुवा खरिदका लागि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत १० करोड बजेट विनियोजन गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीसँगै नेकपाका महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुभास नेम्वाङ, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रमुख सचेतक देव गुरुङ र प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायतका नेताहरु मनाङ आएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org