यातयात व्यवसायीको मन लागि, अग्रिम टिकट नपाएकासँग दोब्बर भाडा असुल्दै
काठमाडौं २६, भदौ। दशैंको मुखमा काठमाडौंबाट बाहरिने छोटा दूरीका सवरीका यात्रुलाई बढी भाडको मार परेको छ । कलंकी र कोटेश्वर र नयाा तथा पुरानो बसपार्क बाट छुट्ने केही लामो दूरीका बसमा पनि यात्रुसँग दोब्बर भाडा अशुल्ने क्रम तीव्र भएको छ ।
नाकाहरुमा यात्रुको चाप बढ्दै गएपछि रिजर्भ जाने बाहनामा बस र यात्रुबाहक टाटा सुमोले यात्रुसँग दोब्बर भाडा अशुल्न सुरु गरेका हुन् ।
बल्खुबाट चल्ने टाटा सुमोहरुले दोब्बरसम्म भाडा उठाउँदा पनि ट्राफिक प्रहरीले कुनै कारवाही गरेको छैन । बल्खुबाट दक्षिणकली-हेटौंडा हुँदै सर्लाहीसम्म चल्ने सुमोहरुले दोब्बर भाडा अशुलिरहेका छन् ।
बल्खुमा हेटौंडा जानका लागि पुगेका रितेश थपलियाले आफूले हेटौंडा पुग्न साढे ८ सय रुपैयाँ भाडा तिरेको बताए । हेेटौंडा जान सुमोको भाडा ४ सय भाडा तोकिएको छ ।
‘सुमो छैन भन्छन् । रिजर्भ जाने भएर मिलाएर लान्छौं दोब्बर भाडा पर्छ भनेपछि तिरियो’ उनी भन्छन्,’के गर्नु घर त पुग्नैपर्छ । जति भनेपनि तिर्नैर्पयो ।’
बल्खुका एक सुमो व्यवसायी भने हेटौंडाबाट काठमाडौं आउँदा रित्तै आउनुपर्ने भएकाले यहाँबाट बढीभाडा नलिई लैजान नसकिने बताउँछन् । विगतका वर्षहरुमा पनि यसो गरिएको भन्दै उनले घाटामा गाडी चलाउन नसकिने बताए ।
अहिले बल्खुबाट छुट्ने अधिकांश सुमोहरुले टिकट दिएका छैनन् । टिकट दिएपनि रकम काउन्टरबाहिर दलालमार्फत उठाएर साविककै भाडादर लेखेर थमाउने गरेका छन् ।
बल्खुमा मात्रै हैन, विपी हाइवे भएर चल्ने कोटेश्वरका सुमोका काउन्टरले पनि त्यसै गरिरहेका छन् । कलंकीबाट छुट्ने चितवन चल्ने माइक्रोले पनि बढी भाडा असुलेको गुनासो यात्रुले गरेका छन् ।
अग्रीम टिकट लिन नभ्याएकाहरुले दोब्बरसम्म भाडा तिरेर जान लागेको बताउँछन् । छोटो दूरीमा अग्रीम टिकट पनि नखुलाइएकाले त्यँही सबैभन्दा धेरै ठगी भइरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले भने बढी भाडा लिने सवारीलाई कडा कारवाही गरिने बताएको छ । दशैंको आसपास काउन्टरबाटै बढी भाडा लिने कर्मचारीलाई प्रहरीमार्फत नियन्त्रण लिएर कारवाही चलाउने चेतावनी विभागको छ ।
ट्राफिक प्रहरीले पनि अनुगमन र निरानी बढाइएको भनेको छ । तर, यात्रु भने दलालमार्फत बढी भाडा तिर्दै उपत्यका छोड्न बाध्य बनेका छन् ।
Comments
अरु समाचार
-
तोलामा रु दुई हजार सात सयले घट्यो सुनको मूल्य
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा...
-
लगानीमैत्री वातावरण बनाउन राजनीतिक सहमतिमा आधारमा अध्यादेश ल्याइएको होः अर्थमन्त्री पुन
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा...
-
‘सूर्य नेपाल काठमाडौं ओपन’ मंगलबारदेखि सुरु हुँदै, राम्रो स्कोर निस्किने अपेक्षा
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन मंगलवारदेखि सुरु हुने भएको छ। रोयल...
-
नौ महिनामा पाँच अर्ब राजस्व सङ्कलन
काठमाडौं । कैलाली भन्सार कार्यालय धनगढीले नौ महिनामा रु पाँच अर्ब ७३ करोड ४३ लाख राजस्व सङ्कलन गरेको छ ।...
-
इजरायलमा पाँच महिनासम्म मर्मतमा राखिएको निगमको जहाज सोमबार काठमाडौँमा अवतरण हुँदै
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ।...
-
लगानी सम्मेलन राष्ट्रिय उत्सव हो, सबैको सहभागिता र भूमिका रहनुपर्छः प्रमुख कार्यकारी अधिकृत भट्ट
काठमाडौँ । सरकारले आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारीका लागि अब एक हप्ता मात्रै बाँकी छ। आउँदो आइतबार...
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...
-
नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्। बुधबार...