ताजा समाचार

अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी सन्दीप लामिछाने

काठमाडौं २६, असोज। स्टार क्रिकेटर सन्दीप लामिछाने एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका छन् ।

आईसीसी टि-ट्वान्टी विश्वकपअन्तर्गत मलेसियामा जारी एसिया छनोट बी प्रतियोगितामा नेपालले ६ म्याच खेलिसक्दा उनको पोल्टामा २४ विकेट परेको छ । यो प्रतियोगितामै सर्वाधिक विकेट लिने बलरहरुको सुचीमा पनि सन्दीप एक नम्बरमा छन् ।

यसअघि एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको रेकर्ड बसन्त रेग्मी र पूर्व कप्तान विनोद दासको नाममा रहेको थियो । विनोदले सन् २००५ को एसीसी फास्ट ट्रयाक कन्ट्रिज (तीन दिवसीय) प्रतियोगितामा २१ विकेट लिएका थिए । त्यस्तै, बसन्तले सन् २०१२ को आईसीसी विश्व क्रिकेट लिग डिभिजन-४ मा सर्वाधिक २१ विकेट लिदै विनोदको कीर्तिमान बराबरी गरेका थिए ।

सन्दीपले २४ विकेट लिने क्रममा पहिलो खेलमा म्यानमारविरुद्ध ४ किवेट लिएका थिए । त्यस्तै, दोस्रो खेलमा मलेसियाविरुद्ध ५ विकेट लिए । तेस्रो खेलमा थाइल्यान्डविरुद्ध पनि उनले ५ विकेटकै सफलता दोहोर्‍याए ।

चौथो खेलमा भुटानविरुद्ध ३ विकेट लिएका सन्दीपले पाचौं खेलमा चीनविरुद्ध पनि ३ विकेट लिन सफल भए । आज जारी रहेको अन्तिम खेलमा सन्दीपले सिंगापुरविरुद्ध ४ विकेट लिएसँगै विकेट संख्या २४ पुर्‍याएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org