ताजा समाचार

काठमाडौंमै गाँजा खेती हुन्छ रे, तिनलाई कसले छुट दियोः गृहमन्त्री

काठमाडौं२५,असोज ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले काठमाडौंको काँठ क्षेत्रमा गाँजा खेती हुने गरेको सुचना आफुले पाएको बताएका छन् ।

शुक्रबार उपत्यकामा लागूऔषध र मदिरा नियन्त्रणका लागि गृह–मन्त्रालयले आयोजा गरेको कार्यक्रमा बोल्दै मन्त्री थापाले भने, ‘उपत्यकाकै पहाडी क्षेत्रमा गाँजाखेती भइरहेको छ, त्यहाँ जनप्रतिनिधी र प्रहरी पनि छन् राजधानीमै गाँजाखेती गर्ने छुट कसले दियो ?’

लागूऔषध तस्करहरुको मूल सुकाउनुपर्ने उल्लेख गर्दै मन्त्री थापाले भने– ‘तस्करी समाप्त गर्नुपर्छ, त्यसपछि न रह्यो बाँस न बज्यो बाँसुरी, हाम्रो अभियान सफल हुन्छ ।’

लागूऔषध पूर्णरुपमा निषेध र निर्मुल पार्नुपर्ने तर्क गर्दै मन्त्री थापाले नेपालमा हुने ७० प्रतिशत महिला हिंसा मदिराको कारण हुने बताएका छन् । ‘मदिरा महिला हिंसाको मुख्य कारण हो’ उनले भने, ‘त्यसैले हामीले मदिरा बेचबिखनमा नियमन गर्न जरुरी छ ।’

नेपाल विखण्डन गर्न चाहने तत्वहरु अझै सक्रिय रहेको स्मरण गर्दै मन्त्री थापाले त्यस्ता तत्वहरुलाई निस्तेज गर्न जरुरी रहेको बताए ।

गृहमन्त्रालयले पछिल्लो समय बलात्कार लगायतका घट्ना बढेको भन्दै मदिरा र लागूऔषध नियन्त्रणको महा–अभियान शुरु गरेको छ । उक्त अभियान देशव्यापी सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org