ताजा समाचार

निर्माला पन्त प्रकणरको छानबिन गर्न एआईजी धिरु बस्न्त्यात कञ्चनपुरमा

काठमाडौंं १६, असोज । निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानमा देखिएको लापरबाही छानबिन गर्न गठित समितिका संयोजक प्रहरी अतिक्ति महानिरीक्षक धिरु बस्न्त्यात कञ्चनपुर पुगेका छन् ।

समितिले प्रतिवेदन बुझाउनुअघि एक पटक स्थलगत अध्ययनमा गएको हो ।

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा प्रहरीकै लापरबाही देखिएको भन्दै चौतर्फी विरोध भएपछि प्रहरीले बस्न्यातको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समिति गठन हुँदा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रहेका बस्न्त्यात पछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org