ताजा समाचार

१ लाख घुससहित अधिकृत पक्राउ

काठमाडौं २८ असोज। टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ परेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार अधिकृत कृष्णप्रसाद सुवेदीलाई १ लाख घुस रकमसहित पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार उनले उपभोक्ता समितिमार्फत निर्माण गरिएको सडकको अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनको लागि घुस माग गरेका थिए । सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको जनाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको दंगालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org