ताजा समाचार

चाडपर्वको समयमा आकसियो सुनको मूल्य,प्रतितोला ६० हजार नाग्घ सक्ने

काठमाडौँ । चाडपर्व जिकिँदै गर्दा सुनको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन प्रतितोला ६० हजार पुगेको जानकारी दिएको छ ।
महासंघका अनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला ७ सय रुपैयाँले सुनको मूल्य बढेको हो।

असोज १२ गते प्रतितोला ५७ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। त्यसयता क्रमिक रुपमा सुनको मूल्य महँगिएको छ। गत वर्षको दसैँताका साढे ५५ हजार रुपैयाँको हाराहारीमा सुनको कारोबार भएको थियो। महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार नेपाली मुद्रा कमजोर हुँदा सुनको मूल्यमा प्रभाव देखिएको हो।

‘डलर बलियो हुँदा सुनको मूल्य पनि बढेको हो’ उनले भने ‘अन्तर्राष्ट्रिय बजारमै पनि सुनको मूल्यमा वृद्धि देखिएको छ।’ दसैँका बेला सुनको माग उच्च हुने गर्दछ। हाल दैनिक औसत ४० केजी बढी सुनको माग रहेको शाक्यले जानकारी दिए।

वाणिज्य बैंकहरुले मंसिरसम्म दैनिक २५ केजी सुनको आयात गर्न पाउने व्यवस्था हालै गरिएको छ। यद्यपी बजारमा सुनको अभाव भने उस्तै रहेको शाक्यले बताए। ‘चाडपर्वका कारण सुनको अभाव उस्तै छ’ उनले भने।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा ३२ अर्ब २० करोड रुपैयाँको सुन आयात भएको छ। बर्सेनी सुन आयात बढ्दै गएको पनि तथ्याङ्कले देखाउँछ। अघिल्लो आवमा २७ अर्ब ४३ करोड रुपैयाँको सुन भित्रिएको थियो। आयातित परिमाण बढ्नुका साथै मूल्य समेत बढेकाले चालु आर्थिक वर्ष सुनका लागि बाहिरिने रकम झनै बढ्न सक्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org