दक्षिण अफ्रिकामा बलात्कार बढ्यो सङ्कट
फर्नान्डा पेस ब्लाजकेज र बेट्रिस डेबु/सोवेतो, दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाको सानो सहर सोवेतोका कक्षाकोठाहरुमा आजभोलि बालिकाहरु ध्यानपूर्वक सुनिरहेका भेटिन्छन् । उनीहरु यहाँ दिनहुँका बलात्कारका घटनामा कसरी प्रतिरक्षा गर्नु पर्दछ भन्ने सिक्दैछन् । “थाहा छ यो बलात्कारीको अण्डकोश हो,” प्रशिक्षक डिमाकाट्सो मोनोकोली एउटा प्याड देखाउँदै भन्छिन् ।
एउटी ११ वर्षीया बालिका त्यस प्याडलाई हात र कुहिनाले बेस्सरी हिर्काउँछिन् । थाबिसाङ स्कुलमा यो आत्मरक्षा र बलात्कार हुनबाट जोगिन सिकाइएको पहिलो दिनको अभ्यास हो । अभ्यासका लागि कक्षाकोठाका डेस्क र कुर्ची भित्तामा ठड्याएर राखिएका छन् ।
सरकारी तथ्याँकमा दक्षिण अफ्रिकामा दैनिक ११० भन्दा बढी बलात्कारका घटना हुने गरेको उल्लेख छ । तर यो संख्या सही नरहेको धेरैको बुझाइ छ किनभने बलात्कारका घटनाको रिपोर्टिङ यहाँ ज्यादै कम हुने गर्दछ । केही अध्ययनले १३ वटा बलात्कारका घटनामा एउटा मात्र मुद्दा प्रहरी समक्ष पुग्ने देखाएका छन् ।
पछिल्ला समाचारले दक्षिण अफ्रिकामा बलात्कारका घटनाको कहालीलाग्दो तथ्य सार्वजनिक भएको छ ।
सेप्टेम्बरमा एकजना १७ वर्षीयालाई चिकित्सकको वेशमा रहेका एक व्यक्तिले अस्पतालको प्रसूति वार्डमै बलात्कार गरे । अघिल्लो दिनमात्र ती किशोरीले बच्चा जन्माएकी थिइन् ।
त्यसै महिना एकजना सात वर्षीया बालिका राजधानी प्रिटोरियाको लोकप्रिय रेष्टुराँको शौचालयमा बलात्कृत भइन् । भिडियो फुटेजमा एक जना नग्न पुरुष भाग्दै गरेको देखिएको थियो ।
अफ्रिकी राष्ट्रिय कङ्ग्रेसको महिला लिगले महिला सुरक्षाका सन्दर्भमा तत्काल कुनै कारबाही अघि बढाउनु पर्ने देखिएको छ ।
“हामीले सक्दो प्रयत्न गरेका छौं ।।। तर यौन आक्रमणका घटनामा कमी आएको देखिएन । त्यसर्थ, हामीले त्यस्ता पुरुषको रसायनयुक्त बन्ध्याकरण ९केमिकल क्यास्ट्रेसन० गर्नुपर्ने माग गरिरहेका छौं,” लिगका महासचिव मिओक्गो माटुवाले बताउनुभयो ।
सोवेतोको अर्को कक्षाकोठामा पनि मोनोकोलीले आत्मरक्षाको तरिका मात्र होइन कि बालिकाहरुलाई सम्भावित जोखिम कसरी थाहा पाउने र त्यसमाथि कस्तो प्रतिक्रिया जनाउने भनेर सिकाउँछिन् ।
“कोठामा असहज परिस्थिति देख्नासाथ त्यो कोठाबाट तुरुन्तै बाहिर निस्किहाल्नु, त्यहाँ नबस्नु,” उनी बालिकाहरुलाई सम्झाउँछिन् । “उनीहरुले एक किसिमको सन्देश दिइसके –– त्यस्तो व्यक्तिसँग एक्लै बस्नै हुँदैन ।”
तैपनि त्यो व्यक्तिले आक्रमण गरिहाल्याने भने रु उनी भन्छिन् ः “जतिसक्दो ठूलो स्वरले चिच्याउनु ।”
मोनोकोली बालिकाहरुलाई आत्मरक्षाका बारेमा स्कुलहरुमा तालिम दिने दक्षिण अफ्रिकाको सामाजिक संस्था एक्सन ब्रेक्स साइलेन्स ९एबीएस० का लागि काम गर्छिन् । यस संस्थाले अनुचित र हिंसात्मक व्यवहार रोक्न केटाहरुका लागि कार्यक्रमहरु पनि चलाउँछ ।
एबिएसका संस्थापक देवी स्टेभन बालिका हुँदा आफै पनि बलात्कृत भएकि थिइन् । उनले बलात्कारका विरुद्धमा विद्यालयमा कक्षा दिने र विभिन्न कम्पनीमा सुझावहरु दिने काम गर्दै आएकि छिन् । यस कार्यमा उनले दशकौँ विताएकी छिन् ।
उनले एएफपीसँग भनिन्– दक्षिण अफ्रिकामा हिंसा सामान्य बन्दै गएको छ । तर यहाँ बलात्कारका घटना हुने गरेका छन् तर नागरिकले यसलाई बाहिर भन्नुभन्दा पनि मानिसहरुलाई समान्यजस्तो भइसकेको छ ।
उनको बालिकालाई आत्मरक्षाको तालिम र सचेतनासम्बन्धी मानसिक विषयका कार्यक्रमहरुतर्फ आकर्षित गर्नुपर्ने सुझाव छ । यस्तो तालिमले बालिकाहरुमा आत्मविश्वास दिलाउँछ ।
धेरैजसो, यौनहिंसाका घटना आफन्त वा चिनजानकै व्यक्तिबाट हुने गरेको छ । स्टीभनले दक्षिण अफ्रिकामा आफ्नै साथी वा पूर्व साथीबाट हरेक दिन दुईजना महिलाको हत्या हुने गरेको बताउनुभयो ।
कक्षाकोठामा नीलो स्कुल पोशाक र लामा मोजा लगाएका बालिकाहरु बेलाबखत जिस्किन्छन् तर वातावरण निकै गम्भीर र केन्द्रिकृत हुने गर्दछ । “हामी तिमीहरुलाई थोरै जोड लगाएर पनि कसरी सहजै लड्ने कला सिकाउँछौं,” एकजना पुरुष प्रशिक्षक बताउँछन् । बालिकाहरुले सहजै कान तान्न र नाक फुटाउन सक्ने कला उनले सिकाइरहेका थिए ।
“हामी लडाकू हौं,” निकै उत्साहित देखिएकी ११ वर्षीया नोन्कुलुलेको बताउँछिन् । “मसँग एउटा अनौठो औषधि पनि छ, मान्छेलाई बेहोस पार्ने औषधि हो यो । यसले पनि लड्न मद्दत गर्दछ ।”
एबीएसले १३ हजारभन्दा बढी बालबालिकालाई तालिम दिइसकेको छ । यो तालिमले सरकारलाई ठूलै मद्दत गरेको छ ।
एकजना आमा माली मासोन्डोले हरेक परिवार र बालबालिकाको दैनिक जीवनमा बलात्कारको त्रास ज्यादै बढेको बताउनुभयो । “कसलाई विश्वास गर्ने, कसलाई प्रेम गर्ने थाहा नै हुँदैन,” उहाँ दुःखेसो पोख्नुहुन्छ । “कहिलेकाहिँ बच्चाहरुलाई कसैसँग बोल्न, हाँस्न दिँदा पनि डर लाग्दछ किनभने हरेक समय नकारात्मक कुरा नै मनमा खेलिरहन्छ ।” रासस/एएफपी
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...