केराखेतीप्रति किसानको बढ्दो आकर्षण
भीमदत्तनगर। झण्डै अढाई दशकअघि एक कठ्ठा जमीन भाडामा लिएर केरा खेती शुरु गरेका कञ्चनपुर भीमदत्तनगरपालिका–१० तिल्केनीका पूर्ण साउँद अहिले जिल्लामै सफल केरा उत्पादक किसानमा पर्दछ ।
नगदे बालीका रुपमा २०५२ सालबाट साउँदले केरा खेतीलाई निरन्तरता दिँदै आउनुभएको छ । “सजिलो र आम्दानीको राम्रो स्रोत बनेपछि केरा खेतीलाई नै व्यावसायिक बनाउदै लगेँ”, किसान साउँदले भन्नुभयो, “केरा खेतीबाट नाम र दाम दुबै पाउन सफल भएको छु ।”
एक कठ्ठाबाट केरा खेती थालेको उहाँले हाल १५ बिगाहा जमीनमा व्यावसायिक केरा खेती गरिरहनुभएको छ । “अहिले जमीन लिजमा लिएर पनि केरा खेती बढाउँदै लगेको छु”, साउँदले भन्नुभयो, “केरा खेती गर्ने विभिन्न प्रविधि र तरिकालाई पनि आत्मसात् गर्दा राम्रो परिणाम आएको छ ।”
उहाँले करीब पाँच बिगहा जमीनमा थोपा सिँचाइ प्रणाली ९इजरायली प्रविधि० र दश बिगहामा गरी १५ बिगहा जमीनमा केरा खेती गरिरहनुभएको छ । केरा खेतीबाट आफूले वैदेशिक रोजगारीको भन्दा राम्रो आम्दानी गरेको बताउँदै उहाँले खेती किसानमा ध्यान दिए घर छाड्नु नपर्ने धारणा राख्नुहुन्छ । केरा खेतीको खर्च कटाएर वार्षिक रु १० लाखदेखि १५ लाखसम्म आम्दानी भइरहेको साउँदको भनाइ छ ।
“केरा खेती गर्ने जिल्लाभरका किसान सङ्गठित भएर सहकारीसमेत सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सहकारीमा जिल्लाभरका ५५० जना केरा खेतीमा आबद्ध किसान छन् ।” कञ्चनपुरमा हाल ४०० हेक्टरमा केरा खेती हुँदै आएको छ ।
इजरायलको थोपा सिँचाइ प्रणालीबाट यहाँको भीमदत्तनगरपालिका, कृष्णपुर र पुनर्वास नगरपालिकामा किसानले केरा खेती शुरु गरेका छन् । त्यसैगरी भीमदत्तनगरपालिका–१० तिल्केनीकै किसान पार्वती साउँद पनि सफल केरा खेती गर्ने किसानमा आउँछिन् । २०५४ सालबाट केरा खेती थालेकी उनी धान, गहुँ खेती छाडेर केरा खेतीमा लागेको बताउँछन् ।
“धान, गहुँभन्दा त केरा खेतीमा बढी मुनाफा रहेछ”, उहाँले भन्नुभयो, “केरा बिक्रीबाटै घर खर्चका साथै छोरा÷छोरीका लागि अध्ययन खर्च जुटाउँदै छु ।” उहाँले केरा खेतीबाट भएको आम्दानीले छोरीलाई वैदेशिक अध्ययनका लागि डेनमार्क पठाएको पनि उहाँले स्मरण गर्नुभयो ।
केरा खेतीमा उहाँलाई श्रीमान्ले समेत सघाएका छन् । “दुवै जना खेतीमै लागेर खर्च चलाएका छौँ”, उहाँले भन्नुभयो, “मेहनतअनुसारको फल पाएकै छौँ ।” कृषिलगायतका सम्बन्धीत सरकारी निकायबाट विभिन्न उपकरणसँगै अनुदानसमेत मिलेकाले खेतीमा थप सहजता थपिएको पार्वती साउँदको भनाई छ ।
जिल्लामा केराको उत्पादन बढिरहेको छ तर बजारको समस्या यथावत रहेको गुनासो किसानको छ ।
थोपा सिँचाइ प्रविधिले सहजता ल्याइयो
व्यावसायिक केरा खेती होस् वा तरकारी खेती, थोपा सिँचाइ प्रणालीले कृषकलाई व्यवसायमा सहज बनाएको छ ।
थोपा सिँचाइ प्रविधि अर्थात् इजरायली प्रविधिले व्यवसायमा सहजता ल्याएको केरा कृषक पार्वती साउँद बताउँछिन् । “यो प्रविधिले समय र लगानी दुबैको बचत गरेको छ”, उहाँले भन्नुभयो, “केरा खेतीमा आबद्ध किसान उक्त प्रविधिबाट थप हौसिएका छन् ।”
कञ्चनपुरमा थोपा सिँचाइ प्रणाली शुरु भएको एक वर्ष मात्रै भएको छ । नेपालमा २०५५ सालदेखि थोपा सिँचाइ प्रविधि शुरु भएको थियो । उक्त प्रणालीमा प्लाष्टिक पाइपबाट बिरुवाको जरामा थोपाथोपा गरेर पानीको आवश्यकता पूरा गरिन्छ । यो प्रविधिले सतह सिँचाइको तुलनामा ८० प्रतिशत पानी बचत गर्छ । यसले थोरै पानीबाट धेरै सिँचाइ गर्न सकिन्छ । रासस
Comments
अरु समाचार
-
तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन...
-
अर्थमन्त्री पुनको अमेरिका भ्रमणः माथिल्लो अरुणको वित्तिय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
काठमाडाैँ । संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन विषयमा सैद्धान्तिक सहमति जुटेको...
-
नेपालका लागि ग्रिन हाइड्रोजन ‘गेम चेन्जर’ हुन सक्छः कुलमान घिसिङ
काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालका लागि ग्रिन हाइड्रोजन 'गेम चेन्जर' हुन सक्ने बताएका छन्। बुधबार...
-
ग्लोबल आइएमई बैंकको उच्चशिक्षा कार्यक्रमः भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई शैक्षिक कर्जा
काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक...
-
भी–२० बैठकमा मन्त्री पुनले भनेः जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ
काठमाडाैँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका...
-
राष्ट्र बैंकले आजका लागि तोक्यो विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ९३...
-
सुनको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा...
-
धनकुटाको हिलेमा आजदेखि खाना महोत्सव
धनकुटा, ५ वैशाख: पर्यटन प्रवर्द्धनको माध्यमबाट आर्थिक गतिविधि बढाउन धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा आजदेखि पाँच दिने तेस्रो खाना महोत्सव...
-
नेप्से परिसूचक आज पनि ओरालो लाग्यो
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से...