ताजा समाचार

प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने (समयसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, सांसद, कर्मचारी, सुरक्षासम्बद्ध उच्च पदस्थ तथा सर्वसाधारणलगायतलाई टीका लगाइदिने भएका छन् ।

प्रधानमन्त्री ओलीले विजया दशमीको दिन असोज २ गते बिहान ९ः४५–१०ः०० पिता मोहनप्रसाद ओलीको हातबाट टीकाग्रहण गर्ने छन् । त्यसपछि बिहान १० बजेपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूलाई टीका लगाइदिएर दिउँसो १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीकाग्रहण गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै दिउँसो २ बजे मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बद्ध उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई, अपरान्ह ३ः३० देखि ५ः३० सम्म पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यसपछि साँझ ६ः०० बजेदेखि परिवारका सदस्यहरूले प्रधानमन्त्रीबाट टीकाग्रहण गर्नेछन्। एकादशी असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म बिहान ९ः०० देखि ११ः०० सम्म कार्यकर्ताहरू र शुभचिन्तकहरूले प्रधानमन्त्री हातबाट टीकाग्रहण समय तालिका तय गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org