‘पदभन्दा सेवा महत्वपूर्ण’
बाँके। तत्कालिन नेकपा एमालेका केन्द्रीय सदस्य रहनुभएका दलबहादुर सुनार वि.सं.२०६४ र २०७० मा भएको संविधानसभा निर्वाचनमा जितेर सभासद् बन्नुभयो ।
दोस्रो संविधानसभा निर्वाचनमा विजयी भएपछि सिंचाई राज्यमन्त्री बन्नुभएका सुनार त्यसपछि शिक्षा सेवामा लाग्नुभयो । सुनार हाल बाँकेको बैजनाथ गाउँपालिका–५ स्थित प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहनुभएको छ ।
‘पद होइन, समाजसेवा सम्झिए,’ उहाँले भन्नुभयो, ‘समाजसेवामा रम्न मन लाग्यो, मैले शैक्षिक क्षेत्रलाई समृद्ध बनाउने अठोट गरे र विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भए ।’ २०२५ सालमा स्थापना भएको उक्त विद्यालयलाई देशकै नमूना विद्यालय बनाउने उहाँको अठोट छ । उहाँ भन्नुहुन्छ, ‘सांसद भएको व्यक्ति विद्यालयको अध्यक्ष १ तपाईको राजनीतिक यात्रा अब सकियो जस्ता प्रतिक्रियाहरु आइरहे । तर मैले यसलाई स्वभाविकरुपमै लिए । मैले यो विद्यालयलाई शैक्षिक अध्ययन केन्द्रका रुपमा स्थापना गरी देशकै नमूना विद्यालय बनाउन चाहन्छु ।’
उहाँले २० बर्षअघि पनि सोही विद्यालयको अध्यक्षको जिम्मेवारी सम्हाली सक्नुभएको छ । सो समयमा विद्यालयमा दश जोड दुई कक्षा सञ्चालन सुरु गर्न उहाँ सफल हुनुभएको थियो । ‘समाजलाई शिक्षाले नै बदल्न सक्ने बोध गरेर म अध्यक्ष बनेको छु,’ उहाँले भन्नुभयो, ‘मन्त्री र सांसद हुँदा जे भूमिका र जिम्मेवारी थियो, त्यही जिम्मेवारी मैले यहाँ महशुस गरेको छु ।’
उहाँ अध्यक्ष भएपछि अहिले विद्यालयको मुहार फेरिँदैछ । विद्यालयमा खेल मैदान र पर्खाल निर्माण भएको छ । आगामी शैक्षिक सत्रदेखि नर्सरी कक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘निजी होइन, सरकारी विद्यालयमा छोराछोरी पढाउनुपर्छ, हामीसँग तालिम प्राप्त शिक्षकहरु हुनुहुन्छ, अनि हामीले लगानी गरेका सामुदायिक विद्यालयलाई हामीले खण्डहर बनाउने रु’ रासससँग प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘पर्याप्त भौतिक पूर्वाधारहरु हुँदाहुँदै पनि नीजि विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्, अब हामी नीजि विद्यालयका विद्यार्थीभन्दा हामी अब्बल बनाउँछौँ ।’
आगामी शैक्षिक सत्रदेखि अंग्रेजी कक्षा सञ्चालनको तयारी गरिरहेको प्रभात माध्यमिक विद्यालयले विद्यार्थीलाई पोशाक, पाठ्यपुस्तक, झोला र खाजाको निशुल्क व्यवस्था गर्ने तयारी गरेको छ । उहाँले सो विद्यालयलाई क्याम्पसका रुपमा विकास गरी स्नातकोत्तरसम्म अध्ययनका लागि तयारी गरिरहेको बताउनुभयो । ‘आमरुपमा हाम्रो समाज योजना अभाव र कार्यान्वयन प्रक्रियामा फितलो छ, हामी योजना बनाउँदैनौं, यसबाट हाम्रा कामहरुले गति लिन सक्दैनन्’, उहाँले भन्नुभयो, ‘योजना बनाउँदा स्रोत जुट्छ, हामी योजना निर्माणसँगै स्रोत खोजी गरिरहेका छौँ ।’
नयाँ शैक्षिक सत्रदेखि विद्युतीय हाजिरीको सुरुवात हुँदैछ, उहाँ भन्नुहुन्छ, ‘शिक्षकले विद्यालयमा आउँदा र जाँदा हाजिरी गर्नुपर्नेछ, समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई हामी गयल गर्छौ र शिक्षकको तलव काट्छौं ।’
अध्यक्ष सुनारले विद्यालयमा चाहिने सबै आवश्यकताहरु हामी पुरा गर्छौ, तपाईहरु आफ्ना बच्चालाई विद्यालयमा भर्ना गरी नियमित पठाइदिन अभिभावकसँग आग्रह गर्नुभयो । जनताका छोरीछोरीले उच्च शिक्षासम्म निशुल्क पढ्न पाउँन्, विद्यालयको पढाई कस्तो भइरहेको छ, उहाँ आफै कक्षामा निरिक्षण र अनुगमन गर्दै विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुन्छ । पढाई भए÷नभएको सोधीखोजी गर्दै शिक्षकको कार्यशैलीका बारेमा जानकारी लिनुहुन्छ ।
बस किन्न रकम संकलन गरिँदै
तल्लो कक्षाका विद्यार्थीलाई विद्यालयमा आवतजावतमा सहज बनाउन विद्यालयले बस सञ्चालन गर्ने भएको छ । बस खरिद गर्नका लागि विद्यालयलाई अभिभावकसंग आर्थिक सहयोग गरिरहेका छन् । हालसम्म रु।२८ लाख ८७ हजार संकलन भइसकेको अध्यक्ष सुनारले जानकारी दिनुभयो । सामुदायिक विद्यालयलले पनि निजी विद्यालयजस्तै सेवासुविधा दिई विद्यार्थीलाई आकर्षण गर्न बस किन्ने योजना बनाएको उहाँले बताउनुभयो ।
२०२५ सालमा स्थापना भएको यो विद्यालयमा अहिले पनि एक हजार एक सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयले दश जोड दुई सञ्चालन गरिरहेको छ । विद्यालयमा विद्यार्थीको चाप बढाउनका लागि शैक्षिक गुणस्तर बढाउनुका साथै भौतिक सुविधा पनि दिदै जाने योजना छ । यो शैक्षिक सत्रबाट विद्यालयले कक्षा ५ सम्मका विद्यार्थीका लागि बस सञ्चालन गर्ने योजना बनाएर अघि बढेको विद्यालयका प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले जानकारी दिनुभयो । रासस
Comments
अरु समाचार
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
समाज परिवर्तन गर्ने अभियानमा जुटेका छौँ : पूर्वप्रधानमन्त्री नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताउनुभएको...
-
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
काठमाडौ । लाओसको स्वास्थ्य मन्त्रालयले बालबालिकाको स्वास्थ्य रक्षाका लागि राष्ट्रव्यापी दादुरा र रुबेला खोप अभियान सुरु गरेको छ । लाओ...
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ ।हात्तीपाइले रोगको जोखिम रहेका झापा,...
-
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित...