कुरा सामान्य, परिणाम असामान्य
विशेष लेख
गोकुल पोखरेल/८३ वर्षको उमेरमा स्वस्थ रहने प्रयत्न निकै चुनौतीपुर्ण हुन्छ । त्यसमाथि दम , रक्तचाप र चिनीका रोगीहरूले अतिरिक्त सावधानी अपनाउनुपर्ने हुन्छ । नियमित रूपमा विभिन्न थरिका ट्याब्लेट र क्याप्सुले आयु लम्बाउन केहि हदसम्म मदत गर्दछन् । किनकी खानपानमा चिल्लो कम भएको शाकाहारी भोजनले पाचन शक्तिलाई मदत गर्दछ । मासांहारमा वोसोयुक्त पदार्थ बढी पाइने हुनाले रगतलाई बाक्लो बनाएर समस्या पैदा गर्न सक्छ ।
उचित आहारका साथै नित्य केहि समय पैदल भ्रमण अथवा १० मिनेट सम्मको व्यायाम गर्नाले शिथिल हुदै गएका मांशपेशी र अंगमा पुनर्ताजगीको संचार हुन्छ । स्वस्थ रहेर सामान्य दिनचर्या चालु राख्न मदत पु¥याउछ । आयु लम्याउन र स्वस्थ रहेर जीवन व्यतीत गर्ने पद्धतिको अनुसरण धेरै जसो आत्म संयम, उचित र सन्तुलित आहारमा भर पर्दछ । भने अनुशासनमा रहन चाहने व्यक्तिहरू नाना थरीका रोगको रोगको शिकार बन्ने गर्दछन् ।
मानिसले आफ्नो आयु लम्याउन सक्ने जानकारी र साधनहरू आजको विज्ञान प्रविधिको युगमा प्रसस्तै विकसित भएका छन् । त्यसैले होला ६० वर्ष अघिको तुलनामा अहिले नेपालमा मानिसको औसत आयु ७० वर्ष नाघेको छ । ८० वर्ष कटाउने दीर्घजीविहरूको संख्या दिनानुदिन बढ्दै छ । तर केहि वर्ष यता मुलुकमा शहरी क्षेत्रमा मानव सिर्जित र नियन्त्रण गर्न पनी नसकिने कार्वन ग्यास ठूलो उत्सर्जन स्वास्थ्य चुनौती बन्दै गएको छ । खास गरेर ४० लाख आवारी भएको काठमाडौँ उपत्यका जनस्वास्थ्यका दृष्टिमा सर्वाधिक जोखिममा परेको छ । उपत्यकामा दिनभर करिब १० लाख ठूला साना सवारी साधनहरू बन्दछन् । त्यसमाथि थप मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल भएको त्यो पनि घना आवारीको ज्यादै निकट रहेकाले उपत्यकामा वायु मण्डलमा प्रदुषणको मात्रा धेरै बढाएको छ । ५०० गाडीबाट निस्कने हानीकारक कार्वनमोनोअक्साइड एउटा हवाइजहाजको उडान र अवतरणबाट थप धेरै वायु प्रदूषण बढाएको छ । दुई वर्ष अघि गएको भूकम्पपछि पुन:निर्माण र नयाँ घर निर्माणले धेरै गति लिएको देखिन्छ । उपत्यकामा खालि जग्गा दुर्लभ हुदैछन् भित्री क्षेत्रबाट वरिपरीका पहाडी इलाकाको फेदीतिर जनसंख्या वृिद्धको चाप बढ्दै गएको छ । यसमा बाहिरी वाहिरी रिङ रोडको विकासले जनघनत्व अझ धेरै गुणा बढाउनेछ ।
अनियन्त्रित रूपमा प्रर्ती जग्गाको उपयोगमा चाप बढेको अवस्थामा आउँदा दस वर्षमा वरिपरिका डाडापाखाहरूमा कंक्रीटका जंगल बढनेछन् । र, बचे खुचेको हरियाली पनी खुम्चिएर जानेछन् । विगत पाँच वर्षभित्र मुलुकमा महान ऐतिहासिक परिवर्तन भएका छन् । नयाँ संविधान मार्फत मुलुकमा संघीय संरचनामा रूपान्तरित भएको छ । संविधान केन्द्र, प्रदेश र स्थानीय तहमा राज्य सत्ताको बाँडफाँड र शक्तिको विकेन्द्रीकरण भई आमनिर्वाचन मार्फत् ती निकायहरू हाल क्रियाशील हुन थालेका छन् ।
अधिकार अक्सर र सुविधाहरूको विकेन्द्रीकरणको आशय राजधानीमा परेको अत्याधिक जनघनत्व अरू केन्द्रहरू तर्फ आकर्षित गर्नुपर्ने हो । तर पनि राजधानीमा बसोबास गरेमात्र सबै सुविधा पाइने, आवश्यक सीप सिकेर विदेश जान पाइने, रोजगारी व्यापारमा पँहुच हुने मानसिकतालाई अरू प्रदेश केन्द्रहरूले प्रतिस्पर्धा गर्न सकेका छैनन् । उपत्यकामा बढेको जनघनत्वलाई व्यवस्थित गर्नेतर्फ हाम्रा रणनीतिक सोचहरू त्रुटिपूर्ण, कमजोर र प्रभावकारी छैनन् । यसैले अब बस्तीको विस्तारभन्दा भइरहेका बस्तीहरूको योजनाबद्ध व्यवस्थापन गर्नुपर्दछ ।
पर्यावरण र जनघनत्वबिच वान्छनीय सन्तुलन ल्याउने र उपत्यकाभन्दा बाहिका सीमावर्ती इलाकामा वस्ती विकासलाई प्रोत्साहित गर्न आवश्यक रणनीति र कार्यक्रम तयार गरिनुपर्दछ । काठमाडौँ उपत्यकामा मोटर चल्ने मार्गका बिस्तारको साथै अन्य मुलुकमा जस्तो साइकल गुड्ने बाटो पनि विकास गर्नुपर्दछ । किनकी यसको जनस्वास्थ्यसँग गहिरो सम्बन्ध हुन्छ । जनस्वास्थ्यका दृष्टिले उपत्यकामा देखा परेका नैराश्यपूर्ण स्थितिमा सुधार ल्याउन नीति निर्माता र प्राविधिकहरूले देहायका सुझावहरूमा ध्यान दिनु उचित हुनेछ ।
(क) उपत्यकाका ५ वटै नगरका भित्री इलाका बाहेक वाहिरका क्षेत्रमा वस्ती विकास गर्नुपर्छ । अरू मुलुकहरूको जस्तै हल्का घर निर्माणका सामग्रीहरू प्रयोग गर्न प्रोत्साहित गरिनुपर्छ ।
(ख) वस्तीहरूको योजना गर्दा नै केटाकेटी खेल्ने पार्क, हरियाली मैत्री जग्गा विकासलाई प्रोत्साहित गरिनुपर्दछ ।
(ग) निजी आवास विकास गर्नेहरूले आफ्नो कम्पाउन्डभित्र खाली जग्गा राखेर तरकारी लगाउने, हरियाली बढाउन रूख विरूवा लगाउने काम गरेका त्यस्ता घरधनीहरूलाई प्रोत्साहन स्वरूप घर जग्गा करमा सहुलियत तथा अन्य छुटहरूको व्यवस्था हुन जरूरी छ । हाल भूकम्पपछि जताततै पुननिर्माणको लहर चलिरहेको अवस्थामा जनस्वास्थ्य र पर्यावरण मैत्री योजना र निर्देशिका तर्जुमा भई कार्यान्वयन गरिनुपर्छ ।
(घ)उपत्यकामा हुने अत्याधिक वायुप्रदूषण माथि नियन्त्रण गर्न हानीकारक शीशारहित
(leadfree) पेट्रोल महङ्गै भएपनि आयत गर्नुपर्छ । विदाका दिनमा जोर विजोर सवारीसाधन चलाउने व्यवस्था भएमा प्रदुषणको चाप केही कम हुन जानेछ र जनस्वास्थ्य पनि कम जोखिमयुक्त बन्नेछ ।
लेखक वरिष्ठ पत्रकार हुनुहुन्छ ।
तस्बिर : रमेश दवाडी /न्युज–नेपाल
Comments
अरु समाचार
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...
- नेपाल र कतारबीचको श्रम सम्झौता समयसापेक्ष बनाउने पहल गर्दैछु: राजदूत डा. ढकाल
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
‘बोक्सीको घर’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन गरिएको छ । अभिनेत्री केकी अधिकारीले निर्माण गर्नुभएको चलचित्रमा मुख्य भूमिकामा उहाँ...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
चितुवाको आक्रमणबाट घाइते
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणमा परी आज एक युवक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी...
-
धनुषामा नौ सय जनामा हात्तीपाइले रोग
काठमाडौं । धनुषा जिल्लामा नौ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर...