ताजा समाचार

ताइवानमा रेल दुर्घटना हुँदा १८ जनाको मृत्यु

 

ताइवान । ताइवानको उत्तर पूर्वी क्षेत्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ । ताइपेबाट टाइटंग जाँदै गरेको यीलान काउन्टीमा रेल दुर्घटना हुँदा अन्य १ सय ७० भन्दा बढी घाइते भएका छन् । ८ डिब्बा रहेको सो रेलमा ३ सय ६६ जना यात्रु सवार थिए ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको रेल अधिकारीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । ताइवानको रेल सञ्जाल अत्यन्त ठूलो मानिन्छ जसमा हरेक दिन ५ लाख भन्दा बढी रेल सञ्चालन हुने गर्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org