ताजा समाचार

किन पछि हट्यो नेकपा ?

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रत्यक्ष निर्वाचित सांसद रामवीर मानन्धरको राजीनामा अस्वीकृत गरेको छ । राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले सांसद मानन्धरले बुझाएको राजीनामाका विषयमा कुनै निर्णय नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकले मानन्धरको पत्रबारे निर्णय गर्नु नपर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  । काठमाडौ क्षेत्र नम्बर ७ का प्रत्यक्ष निर्वाचित सांसद मानन्धरलाई राजीनामा दिन लगाएर उपनिर्वाचन मार्फत सचिवालय सदस्य वामदेव गौतमलाई संसदमा ल्याउने नेकपाले तयारी गरेपछि त्यसको जनस्तरमा तीब्र आलोचना भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org