ताजा समाचार

दसैं सकिएपछि कर्मथलो फर्किनेको भीड

काठमाडौँ । दसैंअघिसम्म घर फर्कनेको भीडभाड थियो । यतिबेला भने स्थानीय बसपार्कमा टीकाको दोस्रो दिनदेखि नै दसैँ सकाएर आ–आफ्नो कर्मथलो फर्किनेको चाप बढेको छ । खासगरि काठमाडौंलगायत मुलुकका विभिन्न शहर जानेको भीड एक/दुई दिनयता निकै बढेको हो ।

गोरखाको भच्चेक, गोरखाबजार बसपार्क, लगायत मुलुकका विभिन्न स्थानीय बसपार्क तथा सदरमुकाममा बिहानैदेखि टिकट काट्नेको भीड देखिन्छ । यातायात समितिले आइतबारदेखि नै काठमाडौंलगायतका सहरका लागि अग्रिम टिकट बुकिङ खुला गरेपछि काममा फर्किनेलाई टिकट काट्न भ्याइ–नभ्याई भएको छ ।

अग्रिम बुकिङ खुल्ला भएपछि धमाधम अग्रिम टिकट काट्नेको घुइँचो लागेको छ । आइतबार बिहानै अधिकांश टिकट बिकेको यातायात समितिले जनाएका छन् ।  कतिपय यात्रु सोही दिनको टिकट नपाएर गन्तव्यतिर जानबाट रोकिएका छन् । अहिले बसमा यात्रुको चाप बढेको छ । दैनिक २ वटा बस सञ्चालनमा रहे पनि एक/डेढ घण्टामै टिकट बुक भइसक्ने गरेको समितिले जनाएका छन् ।

समितिले दशैंका लागि घर फर्किने लक्षित गरेर सञ्चालन गरेको अतिरिक्त बस सेवा दशैंपछि पनि कायमै छ । ग्रामीण सडकमा समेत दशैंदेखि बढेको यात्रुको चाप अझै नघटेको घटेको छैन ।

 

फाइल तस्बिर

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org