ताजा समाचार

कृष्णनगरमा किन लगाइयो अनिश्चिकालिन कर्फ्यु ?

कार्तिक । कपिलवस्तुको सीमा बजार कृष्णनगरमा सोमबार साझ ५ बजेदेखि पुनः अनिश्चितकालिन कफ्र्यु लगाएइको छ । रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कफ्र्यु लगाउनु परेको हो ।
सोमबार बिहान ८ बजेदेखि १२ बजे सम्म कफ्र्यु हटाईएको थियो । त्यसपछि १२ देखि साँझ ५ बजे कफ्र्यु हटाइएको थियो । चाडपर्वको बेला परेको धेरै नेपालीलाई आवतजावत गर्न समस्या भइरहेको थियो जिल्ला प्रहरीका डिएसपी रवि राबलले भने , ‘अग्रिम टिकट लिई सकेकालाई निक्कै गाहे भएको थियो । त्यस्तै स्थानीयलाई खाद्यान्न र उपभोग्य वस्तुको आपूर्ति व्यवस्था मिलाउनका लागि सोमबार ९ घण्टा कफ्र्यु हटाइएको थियो । जिल्ला सुरक्षा समितिको बैठक बसेर दोस्रो पटक कफ्र्यु लगाएको हो । यस अघि आईतबार साँझ ५ देखि सोमबार बिहान ८ बजे सम्म कफ्र्यु लगाईएको थियो ।

नेपालतिर पसल बन्द भएकाले पारीको भारतीय बजार बढनी गई नेपाली नागरिकले उपभोग्य वस्तु खरिद गरेको व्यापारी जितेन्द्र गोयलले जानकारी दिए । दिउँसो कफ्र्यु हटाईएकाले धेरै राहत भयो उनले भने, ‘तनाबमा घरभित्रै बसेर नागरिकलाई डरत्रास भईरहेको थियो ।’

दुर्गा मूर्ति परिक्रमा गर्ने क्रममा शुक्रबार साँझ ढुङ्गा प्रहार भएपछि विवाद हुँदा ३ दिनदेखि तनानग्रस्त कृष्णनगरमा आईतबार साँझ ५ बजेबाट अनिश्चितकालिन कफ्र्यु लगाईएको थियो । अवस्था सहज बन्दै गएपछि सोमबार केही समयका लागि कफ्र्यु हटाईएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए ।

दिउँसोको अवस्था सामान्य थियो उनले भने , ‘रातिको अवस्था हेरेर मंगलबारका लागि कफुयु निरन्तरता दिने नदिनेबारे निर्णय लिन्छौं ।’  तनावका कारण शुक्रबार बिसर्जन गर्न लागेको दुर्गा मूर्ति आइतबार साँझ ७ बजे मात्र विसर्जन गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org