ताजा समाचार

रंगना हेराथले क्रिकेटबाट सन्यास लिने

काठमाडौं , कात्तिक । टेष्ट क्रिकेटमा सर्वाधिक सफल श्रीलंकाका देब्रे हाते स्पीनर रंगना हेराथले सन्न्यास लिने भएका छन् । आगामी नोभेम्बरमा गालेमा हुने इङल्याण्डविरुद्धको पहिलो टेष्टपछि सन्न्यास लिने उनले जनाएका छन् ।

४० वर्षीय हेराथले ९२ टेष्ट म्याचमा ४ सय ३० विकेट लिएका छन् । टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीम उनी उत्कृष्ट १० भित्र अटाउँछन् ।

हेराथले १९ वर्षअघि डेब्यु गरेको गालेको मैदानमै सन्न्यासको पनि घोषणा गर्ने भएका छन् । श्रीलंका क्रिकेटका प्रमुख यास्ले डि सिल्भाले हेराथको अनुपस्थिति टोलीका लागि ठूलो घाटा हुने जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org