ताजा समाचार

मुक्तिनाथ जाने सडकको कालोपत्रे पूरा

काठमाण्डाै ८, असोज।  दुई वर्षदेखि चलिरहेको मुक्तिनाथ जाने सडक कालोपत्रे गर्ने काम यो वर्ष पूरा भएको छ। समुद्री सतहबाट ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिर जाने  तीर्थयात्रुहरुले यो वर्ष फरक दृश्य देख्न पाए।

दशैँ अगाडि सवारी साधनका लागि पूरै सडकखण्ड खुला गरिएपछि मुस्ताङको गजबको ल्यान्डस्केपको मज्जा लिँदै अब पिच सडकमा सरर गुड्न सम्भव भएको छ।

ठाउँठाउँमा बिग्रिएको पोखरा-बाग्लुङ हाइवेभन्दा पनि मुक्तिनाथ सडकको यात्रा आरामदायी हुँदा यात्रुहरु दङ पर्छन्। तर बेनीदेखि मुक्तिनाथसम्मको सडक यस्तो चिल्लो छैन। कागबेनीबाट मुक्तिनाथ बसपार्कसम्मको १२ किलोमिटरको सडकमात्रै कालोपत्रे गरिएको हो।

यसअघि यो बाटोमा उपभोक्ताहरु आफैले कच्ची सडक बनाएका थिए। यो तीनदेखि चार किलोमिटरमात्रै फराकिलो थियो। तर अबको कालोपत्रे सडक भने पाँच मिटर फराकिलो छ।

मुस्ताङमा करिब २५० किलोमिटर सडक बाटो भए पनि पिच गरिएको भने यो पहिलो सडकखण्ड हो। करिब २० करोड रुपैयाँको लागतमा जिल्ला प्राविधिक कार्यालय मुस्ताङद्वारा सञ्चालित ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजनामार्फत् यो सडक कालोपत्रे गरिएको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org