ताजा समाचार

कार्तिक ११– १६ गतेसम्म यस्तो छ तपाईको साप्ताहिक रासिफल

मेषः साताको थोरै मात्र दिन अनुकूल रहनेछ । शनि, रविबार मध्यम प्रायः रहनेछ । सोम, मंगलबार साताकै अर्थपूर्ण, कीर्तिवर्धक, कार्यसिद्धिदायक र ओजस्वी रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार सावधानयोग्य रहनेछ ।

वृषः साता मिश्रतप्रायःरहनेछ । शनि, रविबार भाग्योदयकारक रहनेछ । विद्यामा प्रगति हुनेछ । सोम, मंगलबार मध्यम प्रायः रहनेछ । बुध, बृहस्पतिबार विशेष व्रिmयाशीलता र व्यस्तता बढ्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

मिथुनः साता सरदर खालको रहनेछ । शनि, रविबार मुख्य काममा व्यवधान बढ्नेछ । सोम, मंगलबार उच्चस्तरीय कार्यव्रmम बन्नेछ । पराव्रmम बढ्नेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार उपयुक्त कार्यशैली र निर्णय गरिनेछ ।

कर्कटः साता मिश्रित प्रायः रहनेछ । शनि, रविबार नवीन आयस्रोत खुल्नेछ । मन रमाउनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार भाग्योदयकारक रहनेछ । मुख्य अवसर प्राप्त हुनेछ । शुक्रबार मध्यम रहनेछ ।

सिंहः साताका अधिकांश दिन अनुकूल रहनेछन् । शनि, रविबार आटेको काममा सफलता मिल्नेछ । सोम, मंगलबार सबै प्रकारले अनुकूल र लाभदायक रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार भाग्यवर्धक अवसर मिल्नेछ ।

कन्याः साताको सुरु र अन्तिम बाहेकका बाँकी सबै दिन अनुकूल रहनेछन् । शनि, रविबार मध्यम रहनेछ । सोम, मंगलबार मानसम्मान पदप्रतिष्ठा मिल्नेछ । बुध, बृहस्पतिबार लाभदायक काम बन्नेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

तुलाः साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । बुध, बृहस्पतिबार मानोन्नतिको अवसर मिल्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । शुक्रबार प्राप्तिका स्रोतहरु खुल्नेछन् ।

वृश्चिकः साताको सुरु र अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार पारिवारिक सहयोग मिल्नेछ । रमाइलो गरिनेछ । सोम, मंगलबार नितान्त प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार सम्मानित भइनेछ ।

धनुः साताको अघिल्ला दिन अनुकूल रहनेछन् । शनि, रविबार शत्रु पराजित हुनेछन् । मावली पक्ष सहयोगी रहनेछ । सोम, मंगलबार व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार मध्यम रहनेछ ।

मकरः साताको मध्य भागका दिन अनुकूल रहनेछन् । शनि, रविबार सावधानयोग्य रहनेछ । सोम, मंगलबार आटे ताकेको काम सजिलैसँग सम्पन्न हुनेछ । बुध, बृहस्पतिबार अत्यन्त सुखद र सहज रहनेछ । शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।

कुम्भः साताको अन्तिमका दिन अनुकूल रहनेछन् । शनि, रविबार प्रतिकूल रहनेछ । सोम, मंगलबार चिन्ता हावि हुन सक्नेछ । बुध, बृहस्पतिबार शत्रुमाथि विजय प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । शुक्रबार यात्रा र पारवहन सम्बन्धी काम बन्नेछ । प्रियजन भेटिनेछन् ।

मीनः साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनि, रविबार सर्वोत्कृष्ट र कार्यसिद्धिदायक रहनेछ । सोम, मंगलबार प्रतिकूल रहनेछ । बुध, बृहस्पतिबार मध्यम प्रायः रहनेछ । शुक्रबार शत्रु परास्त हुनेछन् । मावलीतिरबाट सन्तोष मिल्नेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org