ताजा समाचार

स्थगित कर्णाली प्रदेशसभा बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित कर्णाली प्रदेशसभाको बैठक बस्ने भएको छ । चालू आवको वार्षिक कार्यक्रम ‘रातो किताब’ उपलब्ध नगराएको भन्दै कांग्रेसले असोज २३ र २६ गतेको बैठक अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।

शनिबार प्रदेशसभा सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सरकार र कांग्रेसबीच सहमति जुटेपछि आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org